Subscribe Us

बजेटको तयारीमा सरकार, प्राथमिकतामा के-के ?

काठमाडौं । नयाँ संविधानअनुसार आगामी आर्थिक वर्षको बजेट १५ जेठमा सार्वजनिक गर्नुपर्नेछ । राष्ट्रिय योजना आयोगले सरकारलाई नौ खर्ब नौ अर्ब रुपैयाँको बजेट सिलिङ दिएको छ । यो चालू आर्थिक वर्षको तुलनामा ९० अर्ब रुपैयाँ धेरै हो । सिलिङअनुसार बजेट निर्माण तथा प्राथमिकताको तयारीमा सरकारले छलफल थालेको छ ।
budget
बजेटको प्राथमिकताबारे छलफल
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सत्तारुढ दलहरू एमाओवादी र राप्रपा नेपालका सांसदसँग बजेटका प्राथमिकताबारे छलफल गरेका छन् । निजी क्षेत्रका प्रतिनिधि र अर्थशास्त्रीसँग पनि छलफल भइरहेको अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. गोविन्द नेपालले जानकारी दिए ।

‘राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले विभिन्न क्षेत्रका विज्ञ, दलका प्रतिनिधिलगायतसँग छलफल गरिरहेको छ,’ नेपालले भने, ‘बजेटमा कस्ता विषयलाई प्राथमिकतामा राख्ने भन्ने विषयमा छलफलमा छौं ।’ अर्थमन्त्रालयले विभिन्न मन्त्रालय र विभागसँग पनि बजेटका प्राथमिकता तथा नयाँ कार्यक्रमबारे छलफल गरेको छ ।

विकास बजेट खर्च बढाउन उपाय खोजिने
चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि विकास बजेटको १७ प्रतिशत मात्रै खर्च भएको छ । आगामी वर्षदेखि विकास बजेट खर्च कम हुने समस्या समाधानको उपाय खोजि भइरहेको अर्थमन्त्रालयका आर्थिक सल्लाहाकार डा. गोविन्द नेपालले बताए ।

‘विकास बजेट कम खर्च हुने चुनौति हो, विकासका काम सहजीकरण गर्न नियम कानुन परिवर्तनका लागि काम भइरहेका छन्,’ नेपालले भने, ‘कार्यान्वयन पक्षमा हामी कमजोर भयौं ।

 आयोजनाका म्यानेजर परिवर्तन भइरहने समस्या पनि छ । अख्तियारी गए पनि किन काम भएका छैनन् । यसपटक समस्याको पहिचान गरी समाधानको प्रयास हुन्छ ।’

Post a Comment

0 Comments