Subscribe Us

माग पूरा गर्न सरकारले पहल गर्नुपर्ने–ठाकुर

विराटनगर ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी मोर्चाको आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् ।
mahantha thakur
विराटनगर विमानस्थलमा आज अपराह्न पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले सरकारले शान्तिपूर्ण आन्दोलनमा बाध्यता उत्पन्न ग¥यो भने जहाँ ठाउँ पाइने त्यही बसेर आन्दोलनलाई निरन्तरता दिने स्पष्ट पारे ।

उनले सरकारसमक्ष ११ बुँदे माग प्रस्तुत भइसकेको र यसलाई पूरा गर्न सरकारले पहल गर्नुपर्ने उल्लेख गर्दै माग पूरा नभए आउँदो वैशाखदेखि आन्दोलन गर्ने बताए ।

पत्रकारको जिज्ञासामा उनले मधेसको कुनै पनि समस्यालाई भारतसँग जोडेर हेर्न नहुने उल्लेख गर्दै मोर्चाले शक्ति सञ्चय गरी आन्दोलन गर्न लागेको उल्लेख गरे ।

Post a Comment

0 Comments