Subscribe Us

स्वास्थ्य व्यवसायी महासंघमा बसेर कामदारको १२ करोडमा रजाई गर्ने यी हुन

काठमाडौं, २६ चैत । नेपाल स्वास्थ्य व्यवसायी महासंघ यतिबेला चार जनाको कब्जामा परेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष सिताराम रेग्मी सहित चार जनाले महासंघमा आर्थिक अनियमितता बढेको, कामदार र व्यवसायीको हितमा काम गर्न नसकेको भन्दै महासंघबाट राजीनामा दिएपछि चार जनाको कब्जामा परेको हो । हाल महासंघमा बायोमेट्रिक लगाउन दिलो ज्यान दिएर लागेका अध्यक्ष कैलाश खडका, उपाध्यक्ष विजय कोइराला, महासचिव जिवन कुमार केसी र कोषाध्यक्ष मुकुन्द भट्टराईले महासंघलाई एकलौटी बनाएको आरोप लाग्न थालेको छ । 

उनीहरुमध्ये बायोमेष्ट्रिकको चर्को विरोध गर्ने उपाध्यक्ष विजया कोइराला मात्र बाँकी छन् । बायोमेट्रिकको विरोध गर्ने मध्येबाट निर्वाचीत भएर उपाध्यक्ष भएकी हुन्, उपाध्यक्ष कोइराला । महासंघले बायोमेट्रिक लागु गरेको भन्दै वरिष्ठ उपाध्यक्ष सहित चार जनाले महासंघ छोडेपनि कोइरालाले नछोडनुलाई निकै रहस्यमय ढंगले हेरिएको छ ।

महासंघमा रहेका प्रमुख चार हस्तीहरु मध्ये तीन जनाको हाल कुनै पनि मेडिकल छैनन् । बिना मेडिकल महासंघमा बसेर राज गरिरहेका छन्, महासंघ निकट स्रोत भन्छ‘ उपाध्यक्ष कोइरालाले बत्तिसपुतलीमा रहेको अखण्ड पोलिक्लिनीक ३० देखि ३५ लाख रुपैयाँमा बिक्री गरेकी छिन् । यस्तै महासचिव जिवन कुमार केसीलाई बबरमहलमा रहेको सृजना मेडिकल सेन्टरबाट पार्टनरहरुले पैसा नदिएको भन्दै निकाली दिएका छन् । यस्तै कोषाध्यक्ष भट्टराईले कोटेश्वरमा रहेकेको सम्राट पोलिक्लिनीक पनि विक्री गरेका छन् ।’

व्यक्तिगत स्वार्थमा पैसा उपभोग गरेका कारण हाल तीन हजार भन्दा बढी कामदारको फाइल महासंघमा रोकिएर बसेको छ । कामदारले पाउनुपर्ने १२ करोड रुपैयाँ अझै पाएका छैनन् । स्रोतका अनुसार महासचिव केसीलाई सृजना मेडिकलबाट निकालीएको भनेर लगभग तीन महिना अघि महासंघमा लिखीत जानकारी आएको थियो । केसीविरुद्व महासंघमा नै उजुरी परेपनि अध्यक्ष खडकाले उजुरी विरुद्व कुनै पनि सुनुवाई गरेका छ्रैनन् । बायोमेट्रिकको पक्षमा लबिङ गरेका कारण अध्यक्ष खडकाले उक्त निवेदन विरुद्व कुनै चासो दिएका छैनन् । 

उनीहरु तीनै जना महासंघमा भएपनि तीनै जना संस्थाबिहीन बनेका छन् । संस्थाबिहीन बनेका उनीहरु महासंघमा रहन नपाउने भएपनि हाल तीनै जनाले अध्यक्ष खडकाको वेलकेयर अस्पतालमा १०(१० लाख रुपैयाँ सेयर लगानी गरेको  बताइएको छ । महासंघमा जम्मा भएका संस्थाबिहीन पदाधीकारीहरुले गरिब नेपाली कामदारलाई दिनुपर्ने क्षतीपुर्ती विगत डेढ वर्षदेखि नदिएको महासंघका अधिकारीको भनाई छ । अधिकारीहरुले व्यक्तिगत स्वार्थमा पैसा उपभोग गरेका कारण हाल तीन हजार भन्दा बढी कामदारको फाइल महासंघमा रोकिएर बसेको छ । जानकार स्रोत भन्छ‘ कामदारले पाउनुपर्ने १२ करोड रुपैयाँ अझै पाएका छैनन् ।

उनीहरुले त्यो पैसा व्यक्तिगत त्यो पैसा व्यक्तिगत प्रयोगमा ल्याएका छन् । महासंघले व्यवसायीसंग लिदै आएको पाँच सय बाट बढाएर एक हजार रुपैयाँ लिने र सात सय रुपैयाँ फिर्ता गर्ने गरेपनि त्यो रकम समेत फिर्ता हुन सकेको छैन । त्यो रकम समेत घोटाला भएको आरोप समेत लाग्ने गरेको छ ।

महासंघका निवर्तमान अध्यक्ष प्रविन तिवारीको कार्यसमितिले बायोमेट्रिमा  बढी पैसा लागनी गरेका कारण कामदार र व्यवसायीहरुले पाउनु पर्ने पैसा पाउन नसकेको व्यवसायीहरुको गुनासो छ । वर्तमान कार्यसमितिले पनि आफु निकट र बायोमेट्रिकवाला लाई मात्र क्षतिपुर्ती दिने गरेको बताइन्छ । महासंघले कामदार र व्यवसायीसँग उठाएको पैसा हाल कुमारी र सिद्वार्थ बैंकमा रहेको छ । बायोमेष्ट्रिकको पैसा भने सिद्वार्थ बैंकबाट बढी कारोबार हुने गरेको बताइएको छ ।

Post a Comment

0 Comments