Subscribe Us

मधेसी मोर्चाको खिलाफमा चुरे भावरका माग

काठमाडौं । चुरे भावर राष्ट्रिय एकता पार्टीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा माग हानिकारक भएको भन्दै त्यसलाई पुरा नगर्न सरकारलाई चेतावनी दिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिगतमा सो पार्टीसँग भएको सहमति अनुुसार चुरे भावर प्रदेश नबनाइएको भन्दै शुक्रवार १४ आफना बुदेँ मागसमेत अघि सारेको छ । भावरले अघि सारेका उक्त मागहरु मधेसी मोर्चाले अघि सारको मागहरुको खिलाफमा आएको छ ।

‘चुरे भावर प्रदेश बनाउने भनेर हामीसँग सम्झौता भएको थियो, त्यसलाई पुरा नगरेको प्रति हाम्रो आक्रोश प्रकट भएको छ’ अध्यक्ष बद्री न्यौपानेले भने, ‘र, मधेसी मोर्चाले अघि सारेका राष्ट्रबिरोधी, राष्ट्रघाती माग पुरा नगराउन पनि सरकारलाई चेतावनीसमेत दिएका छौं ।’ उनका अनुसार उक्त माग पुरा नगरेमा पुर्व पश्चिम राजमार्ग ठप्प बनाउँदै सिंहदरवार केन्द्रित आन्दोलन चुरे भावरले गर्नेछ ।

‘चुरेभावर प्रदेशको विपक्षमा प्रस्ताव गरिएको तराई मधेस दुई प्रदेश बनाउने योजना अस्वीकार्य छ, यसलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन्,’ मागपत्रमा भनिएको छ । चुरे भावरले अघि सारेका माग मध्ये महाभारतको श्रृखंलाको पानी ढलो देखी राजमार्गका दक्षिणसम्मका १५ किमीसम्मका भागलाई चुरे भावर प्रदेश बनाउनु पर्नेछ । चुरे भावरमा प्राप्त प्राकृतिक स्रोत साधानको हकदार पनि सोही प्रदेश हुनु पर्नेमा जोड गरेको छ।

Post a Comment

0 Comments