Subscribe Us

श्रीपेच राख्ने कक्षमा ‘सिस्टम फेलियर’

काठमाडौं । सरकारले यही बैशाख १ गतेदेखि सर्वसाधारणका लागि श्रीपेच देखाउने तयारी गरेपनि त्यो सम्भव नुहने भएको छ।
nepal-crown_shreepech

श्रीपेच राख्न निर्माण गरिएको नारायणहिटी दरबारको सुर्खेत कक्षमा जडान गरिएको अत्याधुनिक प्रविधियुक्त सिस्टम फेल भएका कारण वैशाख १ गते देखाउन नसकिने भएको हो।

नारायणहिटी संग्राहलयले श्रीपेच, राजदण्ड, दुईवटा मेस, ढाल, तरबार, रानीले लगाउने मुकुट, एउटा झारी र दुईवटा चमर राख्नका लागि सोकेस तयारी गरिसकेको छ।

डेमो गर्नका लागि श्रीपेच राख्ने कक्षको सिस्टम चेक गर्दा फेल भएपछि पुनः सञ्चालन गर्न पहल भइरहेको वताइएको छ। पाँच वर्षअघि नै श्रीपेच देखाउने गृहकार्य गर्नासाथ संग्रहालयले करिब डेढ करोड लगानीमा बुलेट प्रुफ सोकेससहित सिस्टम जडान गरेको थियो। 

Post a Comment

0 Comments