Subscribe Us

पुनर्निर्माणमा अब एनजिओ पनि

काठमाडौं । पूर्वस्वीकृतिबिना विभिन्न गैरसरकारी संघसंस्थालाई व्यक्तिगत घर बनाउन र रकम वितरण गर्न रोक लगाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारको आवश्यकता र मापदण्डमा परिचालित हुन अपिल गर्ने भएको छ ।
160104012249_manipur_earthquake_624x624_deepakshijagurumayum
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बस्ने प्राधिकरण निर्देशक समितिको बैठकका लागि तय गरिएको एजेन्डामा गैरसरकारी संस्था परिचालन गर्ने कार्यविधि पनि भएको अाजको अन्नपूर्णमा समाचार छ ।
‘हामी भूकम्पप्रभावित ३१ वटै जिल्लामा समान ढंगले पुनर्निर्माणलाई अगाडि बढाउन चाहन्छौं । हामीले तोकेका क्षेत्र र मापदण्डका काम गर्न इच्छुक गैरसरकारी संस्थालाई परिचालन गर्ने कार्यविधि बनाउँदैछौं,’ प्राधिकरणका कायममुकायम सचिव मधुसूदन अधिकारीले भने, ‘शिक्षा ,स्वास्थ्य, पूर्वाधार कुन क्षेत्रमा कति लगानी गरेर काम गर्न चाहन्छन्, सोही अनुसार परिचालन गर्छौं । यसो गर्दा एउटै कार्यक्रम दोहोरिने छैन । असमान विकास पनि हुने छैन ।’

राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाले भूकम्पपीडितलाई कमाउने भाँडो बनाएको, आफ्ना स्वार्थ र आफूले पहिचान गरेको क्षेत्रमा मनपरी कार्यक्रम सञ्चालन गरेर सरकार र जनताको दूरीलाई बढाएको गुनासो आएपछि प्राधिकरणले भर बनाउन र रकम बितरण गर्न रोक लगाएको थियो ।

Post a Comment

0 Comments