Subscribe Us

नलकटुवा पेस्तोल सहित रन्जित राय पक्राउ



सर्लाही, २५ चैत । नेपाल प्रहरीले मंलगवा नगरपालिका–१० स्थित हनुमान मन्दिर नजिकबाट सलेमपुर–७ बस्ने २५ वर्षीय रन्जित रायलाई नलकटुवा पेस्तोल १ नालसहित पक्राउ गरेको छ ।

उनीसँगै हिँडिरहेका मलंगवा नगरपालिका–२ बस्ने २४ वर्षीय नबिन रायलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । त्यो पेस्तोल कहाँबाट आयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरि रहेको जनाएको छ ।

Post a Comment

0 Comments