Subscribe Us

ठगी धन्दामा एनआरएन अध्यक्ष

 काठमाडौं । एनआरएन मलेसियाका अध्यक्ष महेन्द्र जंग शाही ठगी काण्डमा मुछिएपछि उनी कारवाहीमा परेका छन् । पदीय मर्यादा विपरित काम गरेको र ठगी गरेको भन्दै मलेसिया र नेपाल प्रहरीमा उजुरी परेपछि उनीमाथि कारबाही गरिएको एनआरएन मलेसियाले जनाएको छ । 

कार्यसमिति बैठकले अध्यक्ष शाहीलाई कारबाही गर्दै कार्यसमिति भंग गर्ने निर्णय गरेको हो । उपाध्यक्ष सुकमाया थापाको अध्यक्षतामा बसेको बैठकले शाहीलाई कारवाही गर्दै कार्यसमिति भंग गरेको हो ।  वैठकले आगामी २ महिनाभित्र नयाँ कार्यसमिति चयनका लागि एनआरएनए मलेसियाका पुर्वअध्यक्ष तथा प्रमुख संरक्षक शंकरबहादुर पौडेललाई जिम्मेवारी दिएकोसमेत जनाएकोे छ ।  

मलेसिया प्रहरीको मोस्ट वान्टेड सूचीमा समेत रहेका शाही नेपाल प्रहरीको पनि निगरानीमा छन् । नेपालका मेनपावर व्यसायीलाई कोटा मिलाई दिन्छु भन्दै शाहीले दुई दर्जन भन्दा बढीसँग एक करोड भन्दा बढी ठगी गरेको स्रोतको दाबी छ । 

 पाँच महिना अगाडी नेपालमा भएको एनआरएन चुनाबमा शाहीलाई ठगी गरेको आरोपमा महानगरीय प्रहरी बृत्त जनसेवाले आर्मी क्लबबाट नियन्त्रमा लिएको थियो । नेपालका दुई व्यवसायीले पैसाको जिम्मा लिएपछि शाही मुक्त भएका  थिए । अन्य पीडितले उजुर दर्ता गर्ने डरले हिरासत मुक्त हुनसाथ शाही मलेशिया कुलेलाम ठोकेका थिए ।

Post a Comment

0 Comments