Subscribe Us

दलकै संरक्षणमा विद्यार्थी अराजक

काठमाडौं,  वैशाख १९।
 विद्यालयदेखि विश्वविद्यालय शिक्षा ताथ मन्त्रालय मातहतका कार्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीमाथि विभिन्न निहुँमा कालोमोसो दल्ने, आक्रमण गर्ने विकृत गतिविधि पछिल्ला दिनमा बढ्दो छ ।
Tribhuwan-University-e1431490020556
कननुनविपरित काम गर्नेमाथि उपचार खोज्नु कानुनी अधिकार हो । आफैँ प्रतिकारमा उत्रनु भने गैरकानुनी हुने सरोकारवाला बताउँछन् ।  शिक्षाका पदाधिकारी नियुक्ति र सरुवामा आर्थिक चलखेल रहेसम्म् तोडफोड र मोसो दल्नेजस्ता विकृत गतिविधिले स्थान पाइरहने शिक्षविद विद्यानाथ कोइरालालको भनाई छ ।
एकतिर पदाधिकारीका भ्रष्ट प्रवृत्तिले जरो गाडेको छ । भने अर्कोर्तिर विद्यार्थी पनि आफ्नो कामकर्तव्य बिर्सेर चन्दा आतंक , बार्गेनिङ, ठेक्कामा लीन हुने प्रवृत्ति छ ।
शैक्षिक माग देखाउने मात्र हुने र मुख्य माग दलनिकटका शिक्षकलाई त्रिविमा नियुक्त गराउनु हुने पूर्वरजिष्टारहरुको भनाई छ । यस्ता घटनामा दलहरु केही नबोल्ने सानासाना निहुँमा विद्यार्थी प्रयोग गरी उनीहरुका क्षमता र सिर्जनात्मक शक्ति दुरुपयोग गर्ने क्रम बढिरहेको शिक्षाविदहरुको दुखेसो छ । नागरिक दैनिकमा समाचार छ ।

Post a Comment

0 Comments