Subscribe Us

अवैध खानी र क्रसरका वादशाह डोटेल,
प्रहरी प्रशासनको नाममा अबैध ढाट

ललितपूर । स्थानीय प्रशासन तथा वन कर्मचारीहरूको मिलेमतोमा ललितपुरको लेले र नल्लुमा अबैध खानी क्रसर र कर उठाउने ढाड खडा गरेको रहस्य खुलासा भएको छ । 

वन हाता भित्रै ५२ ढुंगा खानी एक दर्जनको हाराहारीमा क्रसर र अबैध कर असुल्न प्रशासनले समेत सहयोग पु¥याउने गरेको छ । 

नल्लु खोलास्थित क्वालिटी रोडाढुंगा, युनाइटेड सिमेन्ट र केपी सिमेन्ट र विनायक इण्डस्ट्रिजले प्रशासनलाई प्रभावमा पारेर चुनढुंगासमेत उत्खनन गर्दै आएको स्थानीय बासिन्दाले बताएका छन् । वन हातमा उत्खनन गरेको भन्दै प्रहरीले विनायक इण्डस्ट्रिजका सञ्चालकश्याम महत र सवारी चालक रामबहादुर तामाङलाई पक्राउ गरी जिल्ला वन कार्यालय ललितपुरमा बुझाएपनि बनले उनीहरूमाथि कुनै अनुसन्धान नै नगरी सामान्य जमानीमा छाडेको आरोप स्थानीयको छ । 

ललितपूर प्रहरी प्रमुखलाई मासिक तिन लाख, जिल्ला प्रशासन कार्यालका प्रमुखलाई पाँच लाख, जिल्ला विकास प्रमुखलाई पाँच लाख बनलाई पाँच लाख र जिल्ला नेताहरूलाई पाँच लाख, जिल्लाका गुण्डाहरूलाई पाँच लाख, टिका भैरवका डिएसपीलाई एक लाख मासिक बुझाउने र १० लाख विविध साना तिना कर्मचारी र प्रहरी मिलाउनु पर्छ भन्दै छुट्याउँदै आएका छन्  । 

विनायक इण्डस्ट्रिजका अर्का सञ्चालक शेखर महतले प्रशासनलाई आर्थिक प्रभावमा पारेर बन अतिक्रमण गर्दै उत्खनन गर्ने गरेको स्रोत बताउँछ ।  प्रहरीले महादेव खोलामा वन अतिक्रमण गरिरहेको अवस्थामा विनायक इण्डष्ट्रिजका महत र सवारी चालक तामाङलाई नियन्त्रणमा लिएको थियो । कारवाही नगरी नाटकिय ढंगले पुनः उत्खनन् नगर्ने प्रतिबद्धता जनाउन लगाएर बनले उनीहरूलाई छाडेको थियो । 

वन ऐन २०४९ ले अतिक्रमण भएमा अतिक्रमण गर्न प्रयोग भएका मेसीन र सवारी साधनलाई जफत गर्नेसम्मको अधिकार दिएकोे छ । तर वनले मोटोे रकम असुल्दै कारवाही नगरी छाड्ने गरेको छ । यसरी प्रशासन मिलाउन क्रसर व्यवसायी संघ ललितपुरले अबैध रुपमा ढाड समेत थापेको छ । राज्यको कानूनलाई धोति लगाउँदै संघले बर्षौ देिख यसरी ढाट सञ्चालन गर्दै आएको हो । 


ढाट राखेर उठाएको रकम नेता देखि प्रहरी र गुण्डा नाईकेको समेत पोल्टामा पुग्ने गरेको स्रोत बताउँछ । टिका भैरव ढुंगा खानी लेले–८, ललितपुरको नामबाट साधारण बिलमा संघले सार्वजनिक रुपमा नै ढाट थापेर पैसा असुल्दै आएका छ । यसकोे नाईके संघ अध्यक्ष प्रकाश डोटेल हुन् । टिकाभैरवमा थापेको ढाट स्थानीयको विरोधपछि नल्लु खोलामा राखेर पैसा असुल्ने काम भईरहेको स्रोत बताउँछ । 

साना ट्रककोे २ सय र टिपरको प्रतिट्रिप ५ सयको दरले अध्यक्ष डोटेलको निर्देशमा पैसा अशुल्ने गरेको एक व्यवसायीले बताए ।  दैनिक २ लाख रुपैयाँ अबैध ढाट राखी संघका अध्यक्ष डोटेलले मासिक ६० लाखको हाराहारीमा पैसा असुल्दै आएका छन् । संघका पदाधिकारीले पैसाको हिसाब किताब मागेमा अध्यक्ष डोटेलले प्रहरी प्रमुख, सिडीयोे जिविस बन, गुण्डा नेता र पत्रकारलाई समेत पैसा दिएको हिसाब देखाउने गरेको एक सदस्यले बताए । 


उनका अनुसार ललितपूर प्रहरी प्रमुखलाई मासिक तिन लाख, जिल्ला प्रशासन कार्यालका प्रमुखलाई पाँच लाख, जिल्ला विकास प्रमुखलाई पाँच लाख बनलाई पाँच लाख र जिल्ला नेताहरूलाई पाँच लाख, जिल्लाका गुण्डाहरूलाई पाँच लाख, टिका भैरवका डिएसपीलाई एक लाख मासिक बुझाउने र १० लाख विविध साना तिना कर्मचारी र प्रहरी मिलाउनु पर्छ भन्दै छुट्याउँदै आएका छन् । कुनै कुनै महिना त भ्यालि एआईजीको नाममा समेत मोटो रकम भाग लगाउँने गरेको स्रोत बताउँछ । जनप्रहार साप्ताहिकबाट

Post a Comment

0 Comments