Subscribe Us

यि हुन १८ किलो सुनका असली मालिक

 छिरिङ शेर्पा
काठमाडौं । गत शुक्रवार तातोपानी नाकाबाट तस्करी गरी ल्याउँदै गरेको १८ किलो सुनसहित ३ जना भरिया पक्राउ परेपछि  सुनका असली मालिकको रहस्य खुलासा भएको छ । उक्त सुनका असली मालिक सिन्धुपालचोकका छिरिङ शेर्पा भएको रहस्य खुलासा भएको छ ।

। तातोपानीबाट राजधानी भित्रिदै गरेको बा ९ च १४६३ नम्बरको कालो कारमा बिस्कुट आकारका १८ थान सुन लुकाई छिपाई राखेको अबस्थामा प्रहरले बरामत गरेको थियो । गाडीको डिक्कीको तल्लो भागमा म्याट मुनी कालो प्लाष्टिकले बेरेर राखिएको अबस्थामा सुन बरामत भएको प्रहरीले जनाएको छ ।

 बजार मूल्य अनुसार सुन करिव ८ करोड ५० लाख बराबरको छ । स्रोतका अनुसार छिरिङले आफ्नै भाईलाई भरियाको रुपमा प्रयोग गर्दै सुन तस्करी गरेको स्रोतले बतायो ।  प्रहरीको आँखामा छारो हाल्न एक भाईलाई भिक्षुको रुपमा गाडीमा राखेका थिए । तातोपानी नाकाबाट ओसार पसार हुदै गरेको सुन पक्राउ गरिएको भूकम्पपछि पहिलो पटक हो ।  भूकम्पपछि ०७२ बैशाखदेखि नेपालीलाई खासा प्रबेशमा रोक लगाईएको थियो । 

सुनसहित कार मालिक तथा चालक तातोपानी ३ का साङगे शेर्पा, उनका दाजु मिङमार शेर्पा र मेलम्ची ८ की २४ वर्षीया बिमला थापालाई पक्राउ परेका छन् भने सुनका असली मालिक शेर्पाद्धयका दाजु छिरिङ हुन । सुन तस्करी गरेकै भरमा छिरिङले स्वमभूमा बंगाला ठराएका छन् । 

  भरिया साङगे शेर्पा, र मिङमार शेर्पा को साथमा नाईके  छिरिङ शेर्पा
लिपिङ सिन्धुपाल्चोकका छिरिङ समान्य परिवाका व्यक्ति हुन । सुन तस्करी गरेर छिरिङ हाल करोडका मालिक भएका छन् । बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालयका निरीक्षक राजु पाण्डेको टोलीले खोर्सानीबारी चौकी नजिक कार रोकी खानतलासी गर्दा सुन फेला परेको थियो ।  

भिक्षु पोशाकमा रहेका मिङमारले आफू भारतको बौद्ध विद्यालयमा पढाउने बताएपनि तस्करी गरेको सुन भारतसम्म पुर्याउने काम मिङमारले गर्दै आएको स्रोतको दाबी छ । मिङमार र साङगे र छिरिङ सहोदर दाजुभाई हुन् । मिङमार घरबाट फर्कने क्रममा भाइको कारमा चढेको दाबी गरेतापनि सुन भारत पुर्याउने बिक्री गर्न उनले भिक्षुको रुप धारण गरेका हुन ।


सुन तस्करी मै सहयोग गर्ने बिमलाले भने भन्सार हाताको होटलको कामदार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई शनिबार राजश्व अनुसन्धानमा बुझाईएको प्रहरीले बताएको छ । नाका बन्द भएको अबस्थामा प्रहरीले खासै चासो नदेखाउँने हुँदा सुन तस्करको मनोबल बढेको प्रहरीको अनुमान छ । 

Post a Comment

0 Comments