Subscribe Us

अनलाइन जुवा खेलाउने भारतीय नागरिक बन्ठी सहित नेपाली पक्राउ

काठमाडौं, २२ बैशाख । काठमाडौं महानगरपालिका–२२ सुन्धारा स्थित काठमाडौं मलमा रहेको चुस्की मःम सेन्टरमा अनलाईन जुवा खेलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले मःम सेन्टरका संचालक  चन्दन कुमार साह र भारत दिल्ली घर भई हाल धोबिधारा बस्ने बन्ठी गुप्तालाई पक्राउ गरेको छ । 

साहले अनलाईन जुवा खेलाउँछन भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत जनसेवाले उनीहरुलाई १ थान ट्याब्लेट, १ थान सामसुङ मोबाईल, नगद २ लाख ४६ हजार रुपैयाँ र विभिन्न फाईनान्सका ४ थान चेक सहित पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा बन्ठी गुप्तासंग अनलाईन मार्फत जुवा खेल्ने र गुप्ताले विभिन्न व्यक्तिहरुसँग सम्पर्क गरी जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ । 

Post a Comment

0 Comments