Subscribe Us

लोकमानसिंह कार्कीको सुरक्षामा २९ जनाको डफ्फा

काठमाडौं । राष्ट्रिय मानवअधिकार ओयोगका प्रमुख अनुपराज शर्माको व्यक्तिगत सुरक्षामा नेपाल प्रहरी मुख्यालयले २ जना सुरक्षाकर्मी खटाएको छ।
Lokman_singh_Karki
तर समान हैसियतका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको सुरक्षामा मुख्यालयले २९ जनाको डफ्फा पठाएको छ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७० अनुसार सवैधानिक अंगका प्रमुखको कानुनी हैसियत एकै भए पनि कार्कीले शर्माको भन्दा ११ गुणा बढी सुरक्षाकर्मी पाएका हुन्। कार्यविधिले सवैधानिक अंगका प्रमुखले पाउने सुरक्षाकर्मीको संख्या २ जना प्रहरीमात्रै तोकेको छ ।

कार्की र अन्य मन्त्रालयको हकमा भने गृह मन्त्रालयले कार्यविधि मिचेको छ ।  कान्तिपुर दैनिकमा समाचार छ।

Post a Comment

0 Comments