Subscribe Us

ठमेलमा आइजी बनाउने खेल

काठमाडौं । नेपाल प्रहरीभित्र महानिरीक्षक (आइजी)को खेल सुरु भइसकेको छ । ८ महिनापछि अर्थात् आगामी माघमा ३० वर्षीय सेवा अवधिका कारण हालका आइजी उपेन्द्रकान्त अर्यालसहित बाहलवाल सबै एआइजीले अवकाश पाउँदै छन् । त्यसपछि  डिआइजीद्वय नवराज सिलवाल र प्रकाश अर्यालमध्ये एकले आइजीमा बाजिमार्ने निश्चित  छ ।  

डिआइजी अर्याल आइजी अर्याल निकट मानिन्छन् भने सिलवाललाई एआइजी राजेन्द्रसिंह भण्डारीसँग जोड्ने गरिन्छ । नेपाल प्रहरीमा आइजी बनाउन पूर्वआइजी अच्युतकृष्ण खरेलको समेत हात हुने गरेको समाचार जनप्राहर साप्ताहिकले लेखेको छ । डिआइजी प्रकाशलाई आइजी बनाउन सकिए त्यसपछि एसएपपी रमेश खरेललाई आइजी बनाउन सहज हुने भन्दै पूर्वआइजी खरेलदेखि आइजी अर्यालसमेत लागिपरेको स्रोतको दावी छ । आइजी अर्याल पूर्वआइजी खरेल निकट मानिन्छन् । 

डिआइजी सिलवाल आइजी भए एसएसपी सर्वेन्द्र खनाललाई सहज हुने र डिआइजी अर्याल भए एसएसपी रमेश खरेललाई आइजी बन्न सहयोग पुग्ने आँकलन प्रहरीभित्र गर्न थालिएको छ 



खरेल प्यानलमै डिआइजी प्रकाश अर्याल पनि अटाएका छन् । हाल महानगरीय ट्राफिक प्रहरी महाशाखामा प्रमुख डिआइजी अर्याल दुई नम्बरका डिआइजी हुन् भने सिआइबीका प्रमुुख डिआइजी सिलवाल एक नम्बरका । डिआइजीद्वय सिलवाल र प्रकाशमध्ये एकले आइजी बनेको खण्डमा एसएसपीद्वय रमेश खरेल र सर्वेन्द्र खनालको पनि भाग्य कोरिने भएपछि आइजीकोे खेल प्रहरी भित्रै व्यापक रूपमा सुरु भएको छ ।

 डिआइजी सिलवाल आइजी भए एसएसपी सर्वेन्द्र खनाललाई सहज हुने र डिआइजी अर्याल भए एसएसपी रमेश खरेललाई आइजी बन्न सहयोग पुग्ने आँकलन प्रहरीभित्र गर्न थालिएको छ । नेपाल प्रहरी र जनमासमा फरक छवि बनाएका एसएसपीद्वय खरेल र खनालको लडाइँ भने हेर्न लायक कै हुने प्रहरी अधिकृतहरू नै बताउँछन् । प्रहरी संगठनभित्र स्वच्छ छवि बनाएका एसएसपीद्वय खरेल र खनाल कुनै पनि किसिमको आपराधिक क्रियाकलापसँग सम्झौता नगर्ने प्रहरी अधिकृतका रूपमा चिनिन्छन् ।

 अपराध नियन्त्रणमा उत्कृष्ट ठहरिएका खनाल र खरेललाई विवादमा ल्याउनसमेत उनकै ब्याजका केही अधिकृत लागिपरेको स्रोतको दावी छ । एआइजी बन्न ब्रिफकेस बोकेर नेताका ढोकामा केही डिआइजी पुगेको तितो तर यथार्थ भाषण दिएपछि एसएसपी खरेल विवादमा मुछिएका थिए । काठमाडौं परिसरबाट पाँच महिना नबित्दै तत्कालिन डिआइजीहरूको चर्को दबाबका कारण आइजी अर्यालले  खेरेललाई प्रधान कार्यलय तानेका थिए । त्यसपछि भरतपुर तालिम केन्द्र पुगेका एसएसपी खरेल पछिल्लोे समय एसएसपी खनालको कामले छायामा परेका छन् । 

बढुवाको समय आउँदै गर्दा पहिलो नम्बरमा कसरी बढुवा हुने भन्दै खरेल अहिले आफ्ना सहयोगीसँग सल्लाह र सहयोग माग्न थालेका छन् । गत बुधबार बेलुका खरेल समूहका केही प्रहरी अधिकृतको ठमेलको एक तिब्बेतीयन रेस्टुरेन्टमा जमघट थियो । 

जमघटमा उनकै ब्याजका एसएसपी पुष्कर कार्कीको समेत आगमन थियो । मिसनमा रहेका कार्की विदामा आएको बेला पारेर जमघटको आयोजना गरिएको थियो । जमघटमा आइजी सचिवालयका एसपी उत्तम सुवेदी, डिएसपीद्वय दीपक खरेल, भूपेन्द्र खत्रीलगायतको उपस्थिति थियो । डिएसपी दीपक खरेल प्रहरी संगठनभित्र चतुर खेलाडीको रूपमा चिनिन्छन् । 

पूर्वआइजी खरेलको पालादेखि नै आइजी निकट भएर काम गर्दै आएका डिएसपी खरेल प्रहरी संगठनभित्र आइजी बनाउन उनको ठूलो हात हुने चर्चाे छ । कुनै पनि हालतमा डिआइजी प्रकाश अर्याललाई आइजी बनाएर एसएसपी खरेलको बाटो क्लियर गर्ने योजनामा पूर्वआइजीदेखि हालका आइजी र केही अब्बल दर्जाका प्रहरी अधिकृतहरू लागिपरेका छन् । 

एसएसपी खरेल आइजी भए पनि खरेलको कार्यकालपछि आफू आइजी हुने पक्का भएका कारण आइजीको फोहोरी खेलमा एसएसपी खनाल नभएको जानकारहरू बताउँछन् । तर, एसएसपी खनाल सुरुमै आइजी भए एसएसपी खरेल एआइजीबाटै घर जाने छन् । जनप्रहार साप्ताहिकबाट

Post a Comment

0 Comments