Subscribe Us

पम्फालाई महिला महासचिव बनाउनुपर्ने बादलको प्रस्तावपछि गुरुङ बुरुक्क

काठमाडौं । वृद्ध अध्यक्ष मोहन वैद्य र उपाध्यक्ष सिपी गुजरेललाई छाडेर एमाओवादीसँग मिल्न आएका क्रान्तिकारी कम्युनिष्ट पार्टीका वरिष्ठ कामरेडबीच मारामार परेपछि ६ जेठमा हुने भनिएको पार्टी एकीकरण अलिने हुने भएको छ ।
prachand-badal-pampha
वैद्य र सिपीलाई छाडेर एमाओवादीसँग एकीकरण गर्ने भन्दासम्म खुबै मिलेका देखिएका रामबहादुर थापा बादल र देव गुरुङबीच एकता अघि नै उफ्रीउफ्री परेको हो । एकतामा पदाधिकारीसहित जिम्मेवारी पनि टुंग्याएर जान आइतबार साँझ कार्यदलको बैठक बोलाइएको थियो ।

बैठकमा कार्यदलका सदस्य कृष्णबहादुर महरा, वर्षमान पुन, बादल, देव गुरु, कुलबहादुर केसी, मणि थापाहरु सहभागी थिए । छलफल अघि बढाउँदै महराले पार्टी एकीकरण प्रक्रियालाई सहज बनाउन आफू उपाध्यक्ष बस्न तयार रहेको बताए । त्यसैगरी, एकीकृत पार्टीको महासचिव दाबी गर्दै आएका बादलले पनि महरालाई समर्थन गर्दै आफूलाई पनि उपाध्यक्षमा रहन कुनै असहज नहुने कुरा राखे ।

बादललले नै महासचिव र सचिवबारे प्रस्ताव गर्ने तयारीअनुरुप पृष्ठभूमि बाँधेर महिला पनि भएकाले पम्फा भुसाललाई महासचिवको जिम्मेवारी दिनुपर्ने बताए । 

यतिन्जेल चुप लागेर कुरा सुनिरहेका देव गुरुङ बादलले राखेको महासचिवको प्रसताव सुन्नासाथ बुरुक्क उफ्रँदै कराए, ‘यसरी कहाँ हुन्छ ? हामीचाहिँ के गरेर बस्ने ? छलफल नै नगरी जे मन लाग्यो त्यही प्रस्ताव गर्दै जाने ?’ यसपछि अन्य सहभागीले पनि देव गुरुङको प्रस्तुतिलाई समर्थन पुग्ने गरी आफ्ना कुरा राखे । जनआस्था साप्ताहिकमा खबर छ ।

Post a Comment

0 Comments