Subscribe Us

१० लाख पाउने भएपछि सिंघानियालाई गोली हानेको स्विकार

जनकपुर, ३ जेठ । सञ्चार उद्यमी अरुण सिंघानिया हत्याका मुख्य सुटर मनक लामाले हत्याको कारण खुलासा गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखाको टोलीले सुटर लामालाई विराटनगरबाट पक्राउ गरी सार्बजनिक गरेको छ ।

लामाले घटनाको विषयमा प्रहरीसामु बयान दिँदै पैसाको प्रलोभनमा परेर सिंघानियाको हत्या गरेको स्वीकार गरेका छन् । रामविनोद यादव र एकलाल सहनीले ८ देखि १० लाखदिने भनेका कारण सिंघानियालाई गोली हानेको स्विकारेका हुन् ।

जनकपुरको रामामा होटलमा बसेर रक्सी खाएर मातेपछि सिंघानियालाई गोली हानेको स्विकारेका हुन् । २०६६ फागुन १७ गते होली पर्वका दिन सिंघानियाको जनकपुरको शिवचोकमा गोली हानी हत्या गरिएको थियो ।

Post a Comment

0 Comments