Subscribe Us

अज्ञात समूहद्वारा चौधरीको हत्या, चार जना प्रहरीको नियन्त्रणमा

बर्दिया, १५ जेठ । कालिका गाविस वडा–४ तेसन्नपुरका ३० वर्षीय अन्नत चौधरीको गएराति धारिलो हतियार प्रहार गरी अज्ञात समूहले हत्या गरेको छ । 

समूहले मुखमा सेतो पट्टि बाँधेर चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ । 

अनुसन्धानका सिलसिलामा गाउँका बगिया थारु, सुख्खराम थारु, हरिकृष्ण थारु र उजेली थरुनीलाई प्रहरीले प्रक्राउ गरेको छ ।

Post a Comment

0 Comments