Subscribe Us

तस्करलाई काखी च्याप्दै श्रममन्त्री

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया र खाडीमा जाने कामदारको रकम चुसी करोडपति बनेका मानवतस्करहरुलाई यतिबेला श्रममन्त्री दिपक बोहराले काखी च्याप्न थालेका छन् ।

मन्त्री बोहराले मन्त्रालय मातहतका कार्यालयहरुमा आफु अनुकुलका कर्मचारी राखेर मानवतस्करहरुसँग मिलेर मनग्य आम्दानी गरिरहेका छन् । अभिमुखीकरण तालिम दिने संस्थाको नाममा ठगी गर्नेलाई कारवाही गर्दा वैदेशिक रोजगार विभागका महानिर्देशक केदार बहादुर बोगटीको सरुवा भएको छ ।
dipak-bohora

मन्त्रालय र विभागको टोलीले अनुगमन गर्दा वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष पूर्णबहादुर मल्लको बसुन्धारास्थित सुनगाभा ओरियन्टेसन ट्रेनिङ सेन्टर, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका पूर्व सदस्य सीता देवकोटाको रातोपुलस्थित समीक्षा ओरियन्टेसन ट्रेनिङ सेन्टर प्रालि, अनेरास्ववियुका पूर्व उपाध्यक्ष सोभियत ढकालको अनुश्री मल्टिपर्पोज ट्रेनिङ सेन्टर प्रालि र रवीन्द्र आचार्यको सुन्धारामा रहेको आरएम इन्टरनेसनल ट्रेनिङ सेन्टर प्रालिले तालिमबिना नै अभिमुखीकरण तालिमको प्रमाणपत्र विक्री गरेको प्रमाणसहित छापा मारेको थियो ।

कामदारलाई नपढाइ सेटिङका आधारमा पैसा कुम्ल्याएका ती संस्थामा छापा मारेको दुई दिन पछि महानिर्देशक वोगटीको गत शुक्रवार सरुवा गरिएको छ । विभागले अभिमुखीकरण तालिममा कडाई गर्दै आएको थियो ।
अध्यक्ष मल्लले सिधै मन्त्रीसँग सेटिङ मिलाएर सुनगाभा ओरियनटेसन ट्रेनिङ सेन्टर, विर्गीकरण एसोसिएट्स प्रा.लि.बाट नपढाई राजनीतिक शक्तिको आडमा नक्कली प्रमाणपत्र बेच्दै आएका थिए । यस्तै देवकोटा, आचार्य र ढकालको पनि काम त्यही नै हो ।

महासंघका महासचिव प्रेम बाँस्तोलाले पनि यहि काम गरिरहेका छन् । उनकोमा मन्त्रालय वा विभाग अनुगमनमा जानै नसक्नुको कारण राजनीतिक पहुँच हो । उनले तीन वटा अभिमुखीकरण तालिम दिने संस्थाबाट कामदारलाई ठग्दै आएका छन् ।

एभिन्यूज टेनिङ एण्ड रिसर्च प्रालि., धनद तालिम केन्द्र प्रालि. र एभिन्यूज हाउसमेड केयर गिभर प्रालि बास्तोलाले चलाउँदै आएका छन् । यी संस्थाबाट उनले रोजगारीका लागि विदेश जाने युवालाई तालिम मात्र दिँदैनन् एभिन्यूज हाउसमेड केयर गिभर प्रालिबाट अवैध रुपमा कुवेत, ओमानका साथै खाडी देशमा महिला कामदार भारतको बाटो हुँदै पठाउने गरेको स्रोतले बतायो ।

बाँस्तोलाले श्रम मन्त्रालयमा जो मन्त्री भएर आएपनि आफ्नो बसमा पार्ने गरेका छन् । परिणाम स्वरुप उनको संस्थामा न मन्त्रालयको अनुगमन पुग्छ, न विभागको । स्रोतका अनुसार उनको निकै हितैसी मेरापिक ओरियनटेसनका सञ्चालक सोभित बस्नेत चेलीवेटी बेचबिखन तथा मावन ओसारपसार काण्डमा हाल महानगरीय प्रहरी परिसर टेकुमा छन् ।

त्यसपछि केही तिलमिलाएका बाँस्तोला अहिले फेरी सल्बलाउन थालेका छन् । बस्नेत जस्तै उनी पनि हाउसमेड, केयर गिभरको तालिम दिने बाहनामा अवैध काममा लागेका छन् । कार्यालयको नक्कली लेटरप्याडमा युवतीलाई खाडी तस्करी गर्ने बस्नेत हिरासतमा छन् ।

उनले चार जना महिलालाई प्रति व्यक्ति पाँच लाख लिएर कर्मचारीलाई विदेश भ्रमणमा पठाउने भन्दै महिला बेचबिखन गर्दा विमानस्थलबाट रोकेर प्रहरीले पक्राउ गरेको थियो । बस्नेत एमाले निकट हुन भने बाँस्तोला काँग्रेस निटक हुन् । उनलाई मन्त्रालय र विभागले अहिलेसम्म बचाईराख्नुलाई गम्भिर रुपमा हेरिँदै आएको छ । 

Post a Comment

0 Comments