Subscribe Us

कानून परिबर्तन गर्दै क्यासिनोका बाद्शाह सिलवाल र सभासद् शाह,
पर्यटन सचिव राईलाई पाँच करोडको थैली

काठमाडौं । गेम सेन्टरको नाममा मिनी क्यासिनो सञ्चालन गर्दै सर्बसाधरणलाई चिल्ली बिल्ली बनाउने एक गिरोह राज्यको कानून नै परिर्बतन गर्न लागि परेको समाचार सुन्दा अचम्म लाग्ला । 

तर वास्तिाबिकता भने यस्तै छ यो देशमा । आफू अनुकुल क्यासिनो सञ्चालन गर्न क्यासिनो नियम नै परिबर्तन गर्न मिनी क्यासिनोका दुई बादशाह लागी परेका छन् ।  

सरकारले बनाएको नियम पालना नगरी राज्य बिरुद्ध अदालतबाट स्ट्रे अडर लिएकै भरमा राजश्व समेत नतिरी मिनी क्यासिनो सञ्चान गर्दै आएका किशोर सिलवार र सभासद् समेत रहेका नरेन्द्र शाहको समुहले पर्यटन सचिवलाई आर्थीक प्रलोभनमा पारी नियम आफू अनुकुल बनाउन खोजेका हुन । स्ट्रे अडर लिएको एक बर्षसम्म पनि अदालतको मुद्दालाई समेत आर्थिक चलखेल गरेकै भरमा लब्याउँदै आएका सिलवाल र शाहले कानून नै आफू अनुकुल बनाउन करोडौं खर्ज गर्दै हिडेका छन् । 

सुरक्षाको कारण देखाउँदै तत्काललिन समयमा सिमाक्षेत्रबाट ५ किलोेमिटर टाढा मात्र क्यासिनो खोल्न पाईने नियम लागू गरिएको थियोे । सो नियम खारेज गर्न योजनामा सिलवाल र शाह लागेको स्रोतको दाबी छ । नियम खारेज गर्न सिलवाल र शाहले पर्यटन सचिव प्रेम कुमार राईलाई पाँच करोड रुपैंयाको थैलो थमाएको यतिखेर क्यासिनो बृत्तमा चर्चा चलेको छ । थैलो पाएपछि सचिव राईले हतार हतार मन्त्रीलाई गुमराहमा राखेर क्यासिनोका बादशाहकोे प्रस्ताब कानून मन्त्रालय पुर्याएको स्रोतको दाबी छ । 

क्यासिनोका बादशाह मानिने शिलवाल र शाहले माओवादी नेतृ हिसिला यमी पर्यटन मन्त्री हुँदा नियम विपरीत सेन्ट्ल मिडियाका नाममा मिनी क्यासिनोको लाइसेन्स लिएका थिए । शाहले महेन्द्रनगरको ओपी, विराटनगरको रत्ना र वीरगंजको विरुवा होटेलमा मिनी क्यासिनो चलाउँदै आएका छन् । तराई मधेस सद्भावना पार्टीका समानुपातिक सभासद् समेत रहेका साह क्यानडाका एनआरएन रहेको जानकारहरु बताउँछन् । उता  सुरेन्द्र सिहंले पनि यस्तै नियम विपरीत आधा दर्जन ठाउँमा हेपी आवर नामबाट मिनी क्यासिनो सञ्चालन गर्दै आएका छन

Post a Comment

0 Comments