Subscribe Us

दुई डिआईजीलाई एआईजीमा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरीका दुई डिआईजी एआईजी बढुवाको लागी सिफारिसमा परेका छन् ।

डिआईजीद्धय शैलेन्द्र खनाल र जितबहादुर पुनलाई एआईजीमा बढुवा गर्न सशस्त्र प्रहरीको बढुवा समितीले शुक्रवार सरकारलाई सिफारिस गरेको हो ।

 बढुवा समितीका सदस्य सचिव समेत रहेका आईजीपी दुर्जकुमार राईले उनिहरुको बढुवाको लागी सरकारलाई सिफारिस गरेका हुन ।

 डिआईजी खनाललाई एक नम्बर र पुनलाई दुई नम्बरमा राखेर बढुवा गर्न आईजीपी राईले सरकारलाई सिफारिस गरेका छन् । राईको कार्यकालपछि बढुवा हुने एक नम्बरका एआईजी आईजीपी हुने प्राबधान छ । आईजीपी राईको कार्यकाल ८ महिना बाँकी छ । डिआईजी खनाललाई संगठनले भाबी आईजीपीको रुपमा हेर्दै आएको छ ।

Post a Comment

0 Comments