Subscribe Us

३४ लाख सहित सुन्धाराबाट तीन हुन्डी कारोबारी पक्राउ

काठमाडौं, २७ वैशाख । नेपाल प्रहरीलाई एकै दिन दुईओटा सफलता हात परेको छ । सोमबार बिहानै अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालको नेतृत्वमा गएको टोलीले एक पटक पनि विदेश नगएका युवालाई पुन श्रम स्विकृत निकाल्ने म्यानपावर कम्पनी, ट्राभल्स एण्ड टुर सहित वैदेशिक रोजगार विभागको ताहाचल कार्यालयबाट कागजात नियन्त्रणमा लियो ।

यस लगत्तै सोमबार नै सोह्रखुट्टे प्रहरीले काठमाडौंको सुन्धाराबाट तीन जना हुण्डीका कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले मुक्तिनाथ इन्टरनेसनल बिजनेश प्रालिमा छापा मारेर तीन जनालाई पक्राउ गरेको हो ।


हुन्डी कारोबार गरि रहेका उनीहरुलाई ३२ लाखको चेक र १ लाख ४० हजार नगदसहित बिजनेश प्रालिका संचालक दुर्गाबहादुर श्रेष्ठ, राजेश श्रेष्ठ र अर्जुन तिमल्सिनालाई पक्राउ गरेको छ ।

Post a Comment

0 Comments