Subscribe Us

सरकारले ल्यायो १० खर्ब ४८ अर्ब ९२ करोड रूपैयाँको बजेट

काठमडौं । सरकारले आगामी आर्थिक वर्ष ०७३र०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका सांसदमा उक्त रकम बराबरको बजेट प्रस्तुत गरेका छन् ।


प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार तीन बजे बसेको मन्त्रिपरिषदको बैठकले ठूलो आकारको बजेट स्वीकृत गरेको थियो ।

अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटको यो आकार राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा १ खर्ब ४९ अर्ब ९२ करोड रुपैयाँले बढी हो । योजना आयोगले ९ खर्ब ९ अर्ब रुपैयाँको सिलिङ तोकेको थियो ।

अागामी अार्थिक वर्षको बजेट चालू अार्थिक वर्षको भन्दा २ खर्ब २९ अर्ब ४४ करोड रूपैयाँले बढी हो । चालु आर्थिक वर्षको बजेटको आकार ८ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँको थियो ।

अागामी अार्थिक वर्षका लागि सरकारले पुँजीगत अर्थात विकास बजेट ३ खर्ब ११ अर्ब रूपैयाँ बजेट छुट्याएको छ । चालु आवमा यस्तो बजेट २ खर्ब ८ अर्ब ८७ करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट थियो । आर्थिक वर्ष वित्न डेढ महिना बााकी हुादा विकासका लागि जम्मा ४७ अर्ब रुपैयाा मात्रै खर्च भएको छ । असार मसान्तसम्ममा पुँजीगत तर्फ १ खर्ब ६९ अर्ब अर्थात ७६ प्रतिशत खर्च हुने संसोधित अनुमान रहेको अर्थमन्त्रीले बताएका छन् ।

त्यसैगरी, सारधारणतर्पफ ६ खर्ब १७ अर्ब १६ करोड रूपैयाँ बजेट बिनियोजन गरेको अर्थमन्त्रीले बताएका छन् । चालु अावमा यस्तो शिर्षकमा चालू आवमा यो ४ खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार विनियोजन गरिएको थियो । साधारणतर्फको यो बजेट असार मसान्तसम्ममा ८६ प्रतिशत खर्च हुने अर्थमन्त्रीले बताएका छन् ।

त्यसैगरी वित्तीय व्यवस्था तर्फ अागामी अार्थिक वर्षका लागि सरकारले १ खर्ब १९ अर्ब ३१ करोड रूपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्रीले जानकारी दिए । चालु आवमा यस्तो बजेट १ खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

Post a Comment

0 Comments