Subscribe Us

संघीय गठबन्धनलाई प्रहरी प्रशासन भन्दा जनताको डर आन्दोलनकारीलाई डाँडा कटाउने योजनामा सर्वसाधारण

काठमाडौं, ३ जेठ । संघीय गठबन्धनले आयोजना गरेको सिंहदरबार घेराउ कार्यक्रमले आइतबार र सोमबार उपत्यकाबासीको दैनिकी निकै कष्टकर बन्दै गएको छ । 

बिहान खाना आएर कार्यालय जाने समयमा होस वा विद्यार्थी विद्यालय जाने समय नै किन नहोस घरबाट निस्कदाँ कुन कुन ठाँउमा आन्दोलनकारी छन कता कता जाम छ भनेर जानकारी नलिई बाहिर निस्कने सम्भावना नै छैन । बिना जानकारी निस्केको खण्डमा समयमा कार्यालय नपुग्ने देखी विद्यार्थीको पढाई छुटने सम्मको समस्या कायमै छ । 

आन्दोलनका कारण आजित बनेका उपत्यकाबासीलाई  गठबन्धनको आन्दोलनले झनै त्रसित बनाएको छ । हाल उपत्यकाबासी केही महिना अघि माइतीघरको घटना स्मरण गर्न थालेका छन् । तत्कालीन समयमा पार्टीको कार्यक्रममा सहभागी भएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई माइतीघरमा राजेन्द्र सापकोटा नाम गरेको युवाले लखटेका थिए । यादवलाई लखटेपछि सापकोटालाई प्रहरीले नियन्त्रणमा पनि लिएको थियो । आम सर्वसाधारणको वाहवाही पाएको सापकोटालाई स–सम्मान छाडिदिएको घटना चोक चोकमा सुनिन थालेको छ । 

आइतबार र सोमबार चिया पसलमा समेत बढी यहि विषयले चर्चा पाएको छ । कतिपयले त चिया गफमा समेत गठबन्धनले कार्यकर्ता नपुगेर विदेशी नागरिकलाई समेत आन्दोलनमा होमेको भन्दै आन्दोलानकारीलाई उपत्यकाबासीले डाँडा कटाउनु पर्ने भन्नेको छलफल गर्न थालेका छन् । सोमबार बिहान डिल्ली बजार चोकमा चियामा गफीदै गरेको केही युवासहित वृद्वहरु पनि यस्तै कुरा गरि रहेका थिए । 

उनीहरु भन्दै थिए विगत ६ महिनादेखि नाकामा आन्दोलन गरे, उपत्यकाबासी ग्याँसबाट दाउरामा झरे फेरी सिंहदरबारमा आन्दोलनको नाटक मञ्चन गरि रहेका छन् । नेपाली जनताले कहिलेसम्म भोग्ने राजनीतिको नममो यो सास्ती ।’ यति बेला आन्दोलनका नाममा दैनिक करोडौं घाटा लगेको भन्दै सर्वसाधारण जनता आन्दोलनकारी लखेटने योजनामा रहेको बुझीन थालेको छ । 

Post a Comment

0 Comments