Subscribe Us

अख्तियारको दायरामा डिआईजी

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पती कमाएको आशंकामा नेपाल प्रहरीका  डिआईजी बिजयलाल कायस्थमाथी अनुसन्धान सुरु गरेको छ । 

अकुत सम्पती कमाएको आशंकामा डिआईजी कायस्था लगाएत २९ जनाको सम्पती रोक्का गरी अख्तियारले छानबिन अघि बढाएको हो । अख्तियारको छानबिनको सुचिमा  डिआईजी कायस्था २५ नम्बरमा रहेका बुझिएको छ ।

  सबै  बैंक खाताहरु रोक्का भै अनुसन्धानमा तानिएका कायस्थ बिगतमा सुडान कान्डमा समेत फसेका थिए ।

कायस्थले अपराध महाशाखा र त्रिभुवन विमानस्थलको प्रमुख छँदा श्रोत नखुलेको अकुत सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरीमाथि अख्तियारले अनुसन्धान गर्दा कायस्थ फस्ने धेरै आधारहरु देखिएको अख्तियार  श्रोतको भनाइ छ  ।

  पटक (पटक बयान दिन अख्तियार धाइरहेका कायस्थले अख्तियारमा भरेको सम्पत्ति विवरण चित्तबुझ्दो नदेखिएपछि र अस्वभाबिक भेटिएपछी कारबाहीको अन्तिम तयारी भएको अख्तियार  श्रोत बताउँछ  ।

  सुडान काण्डबाट रहस्यमय ढंगले उन्मुक्ती पाएका कायस्थले त्यसपछि  काठमाडौंमा १० करोडको हाराहारीमा सम्पत्ति जोडेको खुलेको छ  । श्रोत भन्छ – ‘ त्रिभुवन बिमानस्थलको सुरक्षा प्रमुख हुँदा कायस्थले सुन र डलर तस्करसँगको मिलेमतोमा अबैध सम्पत्ति आर्जन गरेका हुन। ‘

Post a Comment

0 Comments