Subscribe Us

सुरु भयो अर्कै खेल, प्रचण्डको ‘कुरा काट्दै’ ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निकायको चुनाव सम्पन्न नगराएसम्म पद त्याग नगर्ने सोच बनाउनुभएको छ । तर, एमाओवादी भने बजेट पारित भएपछि आगामी साउन १ गते नै ओलीले प्रचण्डलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छन् भन्नेमा देखिएको छ ।
prachanda_kp oli
बालुवाटारस्थित प्रधानमन्त्री निवास सुत्रले जनाएअनुसार केही दिनअघि कांग्रेससँग मिलेर प्रचण्डले आफूलाई विस्थापित गर्न प्रयास गरेको घटनाले ओलीलाई दुःखी र स्तब्ध तुल्याएको छ । प्रचण्डले जसलाई जतिबेला पनि धोका दिन सक्छन्, उनी कसैका निम्ति पनि विश्वासयोग्य छैनन् भन्ने इम्प्रेसन ओलीलाई परेको छ र सार्वजनिक रुपमा प्रकट गर्न नसकेपनि उनले आफ्ना निकटस्थहरुसँग प्रचण्डको ‘कुरा काट्न’ थालेका छन् ।
त्यसैले बजेट पारित भइसकेपछि पनि ओलीले प्रचण्डलाई प्रधानमन्त्री पद सजिलै हस्तान्तरण गर्ने सम्भावना क्षीण हुँदै गएको छ । ओली नेतृत्वको वर्तमान सरकारले बजेट पेस गर्ने र उक्त बजेट पारित हुने निश्चित भएपनि बजेटपछि प्रभण्ड प्रधानमन्त्री बन्ने चाहिँ अनिश्चित भएको छ । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।

Post a Comment

0 Comments