Subscribe Us

नयाँ ट्राफिक जरिवाना १ जेठदेखि, कुन गल्तीमा कति जरिवाना ?

काठमाडौं  । नयाँ ट्राफिक जरिवाना १ जेठदेखि लागू हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ जेठदेखि देशभरि नयाँ ट्राफिक जरिवाना लागू गर्न लागिएको जनाएको हो । बाहिरी जिल्लामा तयारी नपुगेकाले १ जेठदेखि नयाँ जरिवानाको नियम लागू गर्न लागिएको ट्राफिक महाशाखाका एसएसपी मिलन बस्नेतले जानकारी दिए ।
traffic
न्यूनतम जरिवाना पाँच सय रुपैयाँ
यसअघि न्यूनतम २५ रुपैयाँदेखि जरिवाना सुरु हुनेमा अहिले न्यूनतम जरिवाना नै पाँच सय रुपैयाँ बनाइएको छ । कम जरिवानाले ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति बढेको र त्यसले दुर्घटना पनि बढेकाले जरिवाना बढाएको हो । सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरी सरकारले ट्राफिक जरिवाना बढाएको हो । यातायात मजदुरहरूले भने कमिसनका लागि जरिवाना बढाएको भन्दै नयाँ जरिवाना लागू गर्ने निर्णयको विरोध गरेका छन् ।
ट्राफिक नियम मिच्नेलाई पटके कारबाही
ट्राफिक नियम उल्लंघन गर्नेलाई निकै उदार सजाय नेपालमा हुँदै आएको छ । मादक पदार्थ सेवन गर्दा विकसित देशमा जेल सजाय हुन्छ । तर, नेपालमा भने हजार रुपैयाँ मात्र जरिवाना हुने गरेको छ । संशोधित ऐनअनुसार ट्राफिक नियम मिच्नेलाई प्रहरीले अब रेकर्ड राखी पटके कारबाही गर्नेछ । पहिलोपटक कारबाहीमा पर्नेलाई पाँच सय, दोस्रोपटक हजार र तेस्रोपटक एक हजार पाँच सय रुपैयाँ जरिवाना हुनेछ । पाँचवटा कसुरमा सीधै हजार जरिवाना हुने र अन्य १८ वटा कसुरमा सुरुमा पाँच सय, दोस्रोपटक हजार, तेस्रोपटक एक हजार पाँच सय जरिवाना हुनेछ ।
मापसे गरी चलाउनेलाई सुरुमै हजार जरिवाना
मादक पदार्थ सेवन गरी सवारी चलाउने, लाइसेन्स नभई सवारी चलाउने, सार्वजनिक स्थानमा सवारी राखी बाधा पुर्‍याउने, दुर्घटना गरी फरार हुने र लाइसेन्स नभएका व्यक्तिलाई सवारी चलाउन दिएमा सुरुमै हजार, दोस्रोपटकदेखि एक हजार पाँच सय रुपैयाँ जरिवाना हुने महाशाखाका डिएसपी राजेन्द्र भट्टले बताए । आठवटा कसुरमा भने पटके कारबाही नहुने ऐनको प्रावधान छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Post a Comment

0 Comments