Subscribe Us

टोपबहादुरले प्रचण्डलाई देखाइदिने !

काठमाडौं, १७ जेठ ।
२०७३ जेठ ६ गते भएको एकताले पूर्णता नपाउँदै माओवादी केन्द्रमा भाँडभैलो सुरु भएको खबर छ । पद बाँडफाँड तत्काल नमिलाउने हो भने भित्रभित्र भुसको आगो झैं सल्किएको असन्तुष्टि विस्फोट हुनसक्छ ।
Prachanda-Topbahadur
बाबुराम भट्टराईबाट विद्रोह गरेर प्रचण्ड क्याम्पमा बसेको युवा नेता टोपबहादुर रायमाझीले ‘हेप्नुको पनि हद हुन्छ प्रचण्डलाई देखाइदिन्छु’ भन्दै असन्तुष्टि पोख्दै हिँडेको खबर छ । सन्तुलन मिलाउने नाममा नारायणकाजी श्रेष्ठलाई बढी भाउ दिँदा बाबुराम भट्टराई बिच्किए, अहिले कुँडाकर्कटलाई लिएर कार्यालय बनाउँदा एउटा प्रवृत्ति समेट्नु पर्दैन ? रायमाझीको असन्तुष्टि रहेको बताइन्छ । रायमाझीले आफूलाई पार्टीभित्रको बाबुराम प्रवृत्तिको नेतृत्व गरिरहेका छन् ।
रायमाझीमा केन्द्रित हुन तार्किक नेता राम कार्की अझै सहमत भएका छ्रैनन् । कार्कीसँग भन्दा बाबुराम पक्षका अधिकांश नेताहरु रायमाझीसँगै छन् ।
केन्द्रीय सदस्यभन्दा बढी राजनीतिक हैसियत नभएका तिलक परियार, दुई वर्षदेखि कुखुरा, बंगुर पालन र सहकारी व्यवसाय गरेर राजनीतिक गतिविधिबाट निस्क्रिय जयपुरी घर्तीलाई समेत हेडक्वाटरमा उचाल्ने प्रचण्डको यो तरिकालाई लामो समयसम्म नसहने सक्रिय युवा नेता तथा उपप्रधानमन्त्री रायमाझीको भनाई छ ।
‘साथीहरु पनि अचम्मकै छन् बा ’, …. भन्दा देख्नेलाई लाज भयो, यति कनिष्ठहरुले कमसेकम हामी हेडक्वार्टरमा बस्दैनौं पनि भन्दैनन्’ रायमाझीको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले दावी गर्यो । साँघु साप्ताहिकमा खबर छ ।

Post a Comment

0 Comments