Subscribe Us

हङकङ्ग पठाई दिने भनी ठगी गर्ने कल्सन्टेन्सीका संचालक लक्ष्मी विक पक्राउ

काठमाडौँ, २१ बैशाख । हङकङ्ग पठाई दिने भनी ठगी गर्ने कपिलबस्तु चन्द्रौटा नगरपालिका–८ घरका लक्ष्मी देवि विकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१६ म्हेपी बस्ने हनेस्ट्ली इन्टरनेशनल ह्युमन रिसोर्स कन्सल्टेन्सीका संचालक ३६ बर्षीया वि.क.लाई प्रहरीले पक्राउ गरेको हो । 

वि.क.ले सिन्धुपाल्चोक पाङ्गताङ्ग–४ बस्ने २४ बर्षीय शिवलाल श्रेष्ठ र सिन्धुली कमलामाई नगरपालिका–१४ बस्ने २८ बर्षीया सरिता मगरलाई बैदेशिक रोजगारीको लागि आकर्षक तलब दिलाउने भन्दै ठगेको हो । कन्सल्टेन्सीले हङकङ्ग पठाउने प्रलोभन देखाई  १३ लाख लिई गैर कानूनी तवरबाट हङकङ्ग पठाउन खोजेकोमा पीडितहरुलाई चाईनामै १ महिनासम्म अलपत्रमा परेको  थियो । 

उनीहरु आफ्नै खर्चमा नेपाल फर्कि वि.क.लाई सम्पर्क गर्न खोज्दा सम्पर्क विहिन भएकोले पीडितहरुले आफुहरु ठगीमा परेको थाहा पाएपछि महानगरीय अपराध महाशाखामा निवेदन दिन आएका थिए । महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले वि.क.लाई टोखाबाट पक्राउ गरी ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडाँैमा पठाएको प्रहरीले जनाएको छ ।

वि.क.ले अन्य एक जना व्यक्तिसंग मिली अष्ट्रेलिया लगाएत अन्य विभिन्न देशहरुमा पनि पठाई दिने भनि विभिन्न व्यक्तिहरुलाई ठगी गरेको देखिन आएकोले महाशाखाबाट अनुसन्धान जारी राखिएको छ ।

Post a Comment

0 Comments