Subscribe Us

७० तोला सुनसहित दुई पक्राउ

लहान, १३ जेठ । प्रहरीले सिरहा नगरपालिका–११ स्थित भलुवाही चोकबाट गएराति ७० तोला सुनसहित दुईजनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले गोप्य सूचनाका आधारमा सुनसहित सिरहा नगरपालिका–१० सारस्वर निवासी २१ वर्षीय तमन्ना दफाली र सोही ठाउँका २२ वर्षीय मोहमद इजराइल दफालीलाई पक्राउ गरेको हो । 

स६प ६३२४ नंको पल्सर मोटरसाइकलमा सवार दुवैजनालाई चेकजाँचका क्रममा १०÷१० तोलाको सातवटा सुनको बिस्कुटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । 

पक्राउ परेकाहरुको साथबाट डियुबीआई युएई १० तोला लेखिएको छवटा र एसयुआइएसएसई १० तोला लेखिएको एकवटा सुनको बिस्कुट, नगद ३४ हजार ८ सय र दुई थान सामसुङ मोबाइल बरामद भएको प्रहरी नायब उपरीक्षक कोइरालाले बताए । 

Post a Comment

0 Comments