Subscribe Us

‘अख्तियार भुक्दैन, अब टोक्छ’

काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि आयोगले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

भ्रष्टाचार नियन्त्रणका सम्बन्धी वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा आयुक्त घिमिरेले भने, ‘अख्तियारले केवल भुक्ने काम मात्र गर्यो भन्ने आरोप छ, हामी यो आरोपलाई चिर्न तयार छौं । अब अख्तियारले भुक्ने काम मात्र होयन, टोक्ने काम पनि गर्नेछ ।’

Akhtiyar-Durupayog-anusandhan-aayog
काम कम गर्ने र हल्ला बढी गरेर आयोगले भ्रष्टाचारीलाई उन्मुक्ति दिने गरेको गुनासो आउने गरेको भन्दै घिमिरेले अब आफूहरुले भ्रष्टाचारीलाई भुकेर तर्साउने नभई टोकेर कानुनी दायरामा ल्याउने जनाए ।

‘अब आयोगले भुक्ने र टोक्ने दुवै काम एकैसाथ गर्नेछ,’ आयुक्त घिमिरेले भने, ‘सबैले कानुनी घेराभित्र रहेर काम गरौं, अधिकारको दुरुपयोग गर्नेलाई हामी कुनै पनि हालतमा छोड्दैनौं ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Post a Comment

0 Comments