Subscribe Us

डाक्टर र ईन्जिनियर पछि नक्कली पाईलट

काठमाडौं । नक्कली डाक्टर र ईन्जिनियरमात्र होईन अब नक्कली पाईलट पनि फेला पर्न थालेका छन् । कैंयौं यात्रुको जिवनमाथी खेलवाड गरी पाईलटको रहर पुर्याउने गोमा एयरका पाइलट विशाल कार्की प्रहरीको फेला परेका हुन । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले  नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी पाइलट बनेको आरोपमा  कार्कीलाई पक्राउ गरेको हो । धनुषा भरतपुर घर भएका कार्की  ललिपुरको टिकाथली बस्दै आएका थिए । 

ललितपुरको कुपण्डोलबाट मंगलबार कार्कीलाई सिआइबीको टोलीले नियन्त्रमा लिएको हो ।  फिलिपिन्समा पाइलट कोर्स पढ्न कार्कीले अस्कलबाट आइएससी पास गरेको  नक्कली शैक्षिक प्रमाणपत्र बनाइ पेश गरेको व्यूरो प्रमुख डिआईजी नबराज सिलवालले बताए ।

 नेपाल नागरिक उड्ययन प्राधिकरणबाट कार्कीले सिपिएल (ए) ४८६  नम्बर भएको  इजाजत पत्र लिएका छन् । कार्कीमाथी सरकारी छाप दस्तखत कीर्ते ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ । ‘अपरेशन हक’अन्तर्गत नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी पाइलट बनेका थप व्यक्तिको खोजी जारी रहेको डिआईजी सिलवालले बताएका छन् । 

यसअघि सिआइवीले नक्कली प्रमाणपत्रधारी डाक्टरविरुद्ध चलाएको अपरेशनमा १७ जना पक्राउ परिसकेका छन् । यसैगरी अपराध महाशाखाले पनि नक्कली प्रमाणपत्र बनाइदिने गिरोहसहित १० जना इन्जिनियरहरूलाई  कानूनको दायरामा ल्याएको छ ।

Post a Comment

0 Comments