Subscribe Us

निरन्तर सामाजिक कार्यमा प्रारम्भ

काठमाडौं । सामाजिक कार्यमा सक्रिय प्रारम्भ सामाजिक संस्थाले भुकम्पप्रभावित क्षेत्रको सामाजिक कार्यलाई निरन्तरता दिँदै आएका छन् । भूकम्प आएको १ वर्षपछि सिन्धुपाल्चोकको पिस्कर गाविसका जनताले पहिलो पटक एकै ठाँउमा बसेर नाँचे–नचाए गित गाए अनी रमाए । भुकम्पले पारेको मानविय एवं भौतिक क्षतीलाई भुलेर उनीहरु पहिलो पटक यसरी हर्षित मुद्रमा रमेका हुन् ।


चेलिवेटी वेचविखन विरुद्ध चेतना फैलाउने उद्धेश्यले पिस्करको मंगलामाई माध्यमिक विद्यालयमा आयोजित छात्रवृति शुभारम्भ एवं सात्क्षात्कार कार्यक्रममा पिस्करवासीले एक साथ मनोरञ्जन लिए ।

पिस्करमा रहेका मंगलामाई मावी, जनता निमावी, जनशिक्षा, जनसहयोग र सेतीदेवी प्रावीका सबै शिक्षक–शिक्षिका, विद्यार्थी एवं अविभावकले मंगलामाई मावीको प्रांगणमा भेला भई विगतका पिडा भुल्दै आनन्द लिएका हुन् । जसलाई साथ दिन वरिष्ठ सञ्चारकर्मी एवं लोक गायिका कोमल वली काठमाडौंदेखी त्यहाँ पुगेकी थिइन् ।

सञ्चारकर्मी वली प्रमुख अतिथीभई गित गाउन मात्र त्यहाँ पुगेकी हैनन् । भूकम्प पछि सहयोग र राहतको नाममा मानव तस्करी एवं चेलिवेटी वेचविखन बढ्नै गएको र ज्यादा प्रभाव सिन्धुपाल्चोकमा परेको भनी त्यस विरुद्ध अभियान सञ्चालन गर्न वलीलाई विद्यालय र प्रारम्भ सामाजिक संस्थाले त्यहाँ पु¥याएको थियो ।

उनले महिला अत्मनिर्भरता विकास गर्न महिला आफैं अग्रसर हुनुपर्ने कुरा उपस्थित सम्पूर्ण विद्यार्थी तथा अविभावकलाई सम्झाउँदै हौसला प्रदान गरिन । अरुको चुल्हो चौकामा मात्र निहित हुन नहुने र छोरी मान्छेले कम्तीमा डिग्रि पास गर्नुपर्ने सकेसम्म आफुले जस्तो डबल डिग्रि हासिल गर्न र शिक्षित भई विभेदका विरुद्ध शसक्त हुन प्रोत्साहन गरिन ।

महिला सक्षम र सबल हुन आफैं मेहनत गरि अध्ययनमा जोड दिदैं व्यवहारिक ज्ञान हसिल गर्न पर्ने उद्दघोष गर्दै निम्न आयस्तर भएका र जेन्दार विद्यार्थीलाई छात्रवृति वितरण गर्दै बलीले विभिन्न गित संगित मार्फत सबैलाई हर्षित बनाइन ।

सिंगापुर रेडक्रस मार्फत पिस्करमा पाँच विद्यालय, एक स्वास्थ्य चौकी र एक भवन बनाइरहेको प्रारम्भ समाजिक संस्थाकी अध्यक्ष कल्पना क्षेत्री, उपाध्यक्ष गम्भिर कुमारी क्षेत्री, सचिव केदार कोइराला, प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिना, नेपाल अडिटर्स एसोसियशन काठमाडौंंका सचिव पोषकलाल श्रेष्ठ, सञ्चारकर्मी भगवती तिमल्सिना, संगितकर्मी ऋतु कँडेल, धार्मिक अभियन्ता मुकुन्द शर्मा लगायतले चेलीवेटी वेचविखन विरुद्ध आवाज वुलन्द गरे ।

Post a Comment

0 Comments