Subscribe Us

६ करोड बराबरको कोकिनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं, १६ जेठ । नेपाल प्रहरीको लागु औषध व्यूरोले लागुऔषध कोकिनसहित चिनियाँ नागरिकलाई त्रिभुवन विमानस्थलको चेक प्वाइन्टबाट पक्राउ परेको  छ ।  विमान स्थलको चेक प्वाइन्टबाट प्रहरीले ३ केजी १७७.५ ग्राम कोकिन बरामद गरेको प्रहरीले जनाएको छ । 

उक्त बरामद अवैध लागु औषध कोकिनको अन्तर्राष्ट्रिय बजार मूल्य ६ करोड ३५ लाख ५० हजार रुपैयाँ पर्ने व्यूरोले जनाएको छ । पासपोर्ट नम्बर के ०२३३४५७५ रहेका २१ वर्षीय चुन मान होलाई गत राती साढे ८ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो । मेलिसियन एयरको विमानबाट काठमाडौंबाट क्वालालम्पुर हुँदै हङकङ लैजाने योजने तयारीमा रहेको व्यूरोले जनाएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट होले गत मे १८ बोलिभियाकी एक नागरिकसँग एयरपोर्ट नजिकैको होटलबाट उक्त कोकिन लिएको खुल्नमा आएको छ । 

व्यूरोद्वारा आयोजीत पत्रकार सम्मेलनमा कोकिन पु¥याए वापत उनले हङ्गकङ्ग डलर ४० हजार प्राप्त गरेको बताईन्छ । उनी दोश्रो पटक हङ्गकङ्गबाट दुवई गई ३ दिन बसी अफ्रिकी मूलको सोही ब्यत्तिबाट बोर्डिङ्ग भएको स्थानबाट कोकिन प्राप्त गरी हङ्गकङ्ग फर्केका थिए । 

उनले हङ्गकङ्ग डलर ६० हजार प्राप्त गरेका थिए । हाल पक्राउ परेको कोकिन काठमाडौं–कोलालम्पुर हुदै हङ्गकङ्ग पु¥याए वापत उनलाई हङ्गकङ्ग डलर ३० हजार दिने सहमती भएको थियो । हाल बोलिभिया, हङ्गकङ्ग, चाईना तथा दुबईका साउथ अफ्रिकन मुलका कोकिन कारोबारीहरु सक्रिय रहेको पाइएको प्रहरीको भनाई छ । 

Post a Comment

0 Comments