Subscribe Us

काठमाडौंमा मेट्रो केबल कारको सम्भाव्यता अध्ययन गरिने

काठमाडौं ।मन्त्रिपरिषदको बैठकले काठमाडौं उपत्यकामा बस र्‍यापिट ट्रान्जिट र मेट्रो केवलकार निर्माण तथा विकासका लागि सम्भाव्यता अध्ययन गरी आयोजना प्रस्ताव गर्न लगानी बोर्डलाई तोक्ने निर्णय गरेको छ ।

Chandragiri-cable-car-1

बिहीबार साँझ प्रधामन्त्री निवास बालुवाटारमा बसेको बैठकले जीओ थर्मल पावर प्लान्टको विकासका लागि पनि सम्भाव्यता अध्ययन विकास र कार्यान्वयनसम्बन्धी कार्य गर्न लगानी बोर्डलाई नै तोक्ने निर्णय गरेको छ ।

बैठकले चीन सरकारको अनुदानमा सन् २००८ देखि १२ सम्ममा एमबीबीएस अध्ययन पूरा गरेर नेपाल फर्किएका विद्यार्थी तथा नेपाल सरकारबाट मनोनीत भई चीनमा  अध्ययनरत नेपाली विद्यार्थीलाई नेपाल मेडिकल काउन्सीलको मापदण्ड पुरा गराउन चीनमा थप एक वर्ष आवश्यक अध्ययनको व्यवस्था मिलाउने गरी अनुदान उपलव्ध गराउने लगायतका निरणय गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

Post a Comment

0 Comments