Subscribe Us

सय सशस्त्र प्रहरीलाई बर्खास्त

काठमाडौं, २८ वैशाख । चार महिनाको अवधिमा शसस्त्र प्रहरीले सङ्गठनको नीति विपरीत कार्य गर्ने सय जनालाई निष्काशन गरिएको जनाएको छ । 

पौषदेखि चैत्रसम्ममा १२ जनालाई घटुवा, २७ जनालाई बढुवा रोक्का र १ सय २२ जनालाई अन्य कारबाही गरिएको प्रहरी नायब महानिरीक्षक शैलेन्द्र खनालले बताए । 

दैनिक रुपमा ८२७ ठाउँमा करिब नौ हजार ९३० जनाको दरले जनशक्ति परिचालन भइरहेको उनले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कार्यक्षेत्रमा खटिँदा आइपर्ने समस्या समाधान गर्न र समन्वय गर्न संयुक्त रुपमा तालिम र अभ्यास गरिरहेका छन् । 

मंगलबार प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बलका प्रवक्ताखनालले संयुक्त रुपमा कार्यक्षेत्रमा खटिँदा आवश्यक समन्यका लागि परिचालनसम्बन्धी संयुक्त रुपमा तालिम र अभ्यास गरिरहेको जानकारी दिए । नेपाल प्रहरीसँग सशस्त्र प्रहरी बलको कुनै तुस र मनमुटाव नरहेको उनले स्पष्ट पारे । 

गत भदौमा कैलालीको टीकापुरमा थारु आन्दोलनका क्रममा वरिष्ठ उपरीक्षक सहित आठ प्रहरीको ज्यान गएपछि प्रहरी बल र नेपाल प्रहरीबीच समन्वय हुन नसकेका कारण बढी क्षति भएको निष्कर्ष निकालिएको थियो । त्यसयता नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षककै समन्वयमा दुई सङ्गठनको सम्बन्धलाई अझ मजबुत बनाउन भन्दै विविध कार्यक्रम सुरु गरिएको बताए । 

Post a Comment

0 Comments