Subscribe Us

सञ्चयकोषका कर्मचारीमाथी डनको दबाब

काठमाडौं । समयले कोल्टो फेरेछ । केही वर्ष अगाडिसम्म व्यापारी, ठेकदार र सर्वसाधारणलाई थर्काएर खान पल्लकेका राजधानीका गुन्डाहरू अहिले सरकारी कर्मचारीलाई थर्काउन थालेका छन् । 

सवा करोड  पैसा डुब्ने निश्चित भएपछि राजधानीका गुन्डानाइके राजु गोर्खालीले सञ्चयकोषका कर्मचारीलाई अप्रत्यक्ष रूपमा थर्काउन थालेको समाचार जनप्रहार साप्ताहिकले लेखेको छ ।  सुुनधारास्थित काठमाडौं मलको मालिक बन्ने सपना देखेर अत्यधिक टेन्डर कबोल गरी काठमाडौं मल हत्याउन खोज्दा डन गोर्खालीको उक्त रुपैयाँ डुब्ने खतरा बढेको हो । 

बैैंक ग्यारेन्टीवापत राखेको उक्त रकम टेन्डर सम्झौता नगरेको अवस्थामा कोेषले जफत गर्ने कानुनी प्रावधान छ । कोषले मासिक ९६ लाख न्यूनतम मूल्य राखी बोलपत्रको आह्वान गरिएकोे टेन्डरमा गोर्खाली समूहले सूर्यदीप फर्मबाट ३ करोेड १७ लाख र दोस्रो शिवलक्ष्मी कोजु नामबाट २ करोड ७१ लाख माकिस बुजाउने गरी टेन्डर भरेका थिए । 

उक्त रूपैयाँ बुजाउन नसकिने भएपछि गोर्खालीले कुनै पनि हालतमा टेन्डर रद्द गरी पुनः रि–टेन्डर गर्ने गरी आफ्नो बैंक ग्यारेन्टी सवा करोड पनि बचाउने योजना मुताबिक सञ्चय कोेषका कर्मचारीलाई दबाब दिन थालेको स्रोतको दावी छ । 

टेन्डर परेको दुई महिना बितिसक्दा पनि गोर्खालीले सम्झौता नगरी टेन्डर रद्द गर्न राजनीतिक दबाबसमेत दिने थालेको कोषका एक कर्मचारीले बताए । ११ वटा टेन्डर भरेका मध्ये एक नम्बर र दुई नम्बर नै गोर्खाली समूहले टेन्डर पारेका थिए । अन्धाधुन्ध टेन्डर बिट गर्ने गोर्खालीले उक्त पैसा नउठ्ने अवस्था देखेपछि बैंक ग्यारेटी जफत हुने डरले टेन्डर नै रद्द गर्न लागि परेका हुन् ।

पहिलो र दोस्रो दुवै छाडेर गोर्खाली समूहले मासिक १ करोड ५० लाख कबोल भएकोे तेस्रो फर्म सूर्य विनायक हाउजिङबाट सम्झौता गर्ने योजना बनाएका थिए । तर, उक्त फर्म ब्ल्याक लिस्टमा परेका कारण गोर्खाली कुनै पनि हालतमा टेन्डर रद्द गराई छाड्ने रणनीतिमा लागेका छन् । 

अन्य व्यवसायीले भने धेरै कम मूल्य कबोल गरेका थिए । मासिक ढेड करोड फरक पर्ने भएपछि योजनाबद्ध तरिकाबाट गोर्खाली समूहल दुईवटै फर्मको ५७ लाख बंैंक ग्यारेन्टी माया मार्दै १ करोड ५० लाखमा सम्झौता गरी सञ्चय कोषलाई वार्षिक २५ करोड चुना लगाउने खेलसमेत फेल खाएपछि टेन्डर नै रद्द गर्न गोर्खाली लागेका हुन् । स्रोतका अनुसार उक्त तेस्रो फर्म कानुनबमोजिम दर्ता नभएका कारण रद्द हुने तयारीमा छ । सो फर्ममा टेन्डर भर्ने संस्थाको छाप र हस्ताक्षारसमेत गरिएको छैन भने फर्म यस अघि काठमाडौं मल भाडामा लिने पम्पी राणा समूहकै हो । 

राणा कोषको कालो सूचीमा छन् । तेस्रो फर्मबाट पनि सम्झौता नहुने भएपछि गोर्खाली समूह यतिखेर राजनीतिक लबिङमा लागेर टेन्डर रद्द गराउन मनसायमा छन् । गोर्खालीको समूहका ८ महिनापछि अवकाश पाउन लागेका नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्मासमेत पार्टनर रहेको स्रोत बताउँछ । गोर्खालीको एआइजी शर्मासँग घनिष्ट सम्बन्ध रहेको छ । प्रायः गोर्खालीको अवैध धन्दामा समेत एआइजी शर्माको पार्टनरसिप हुने गरेको चर्चा छ । 

तीन करोड १७ लाखमा उक्त टेन्डर सम्झौता गर्नलाई तत्काल गोर्खाली समूहलाई तीन महिनाको भाडा ९ करोड ५१ लाख र एक वर्षको बैंक ग्यारेन्टी ३८ करोड गरेर लगभग ५० करोडको जोहो गर्नुपर्ने सञ्चयकोषका एक अधिकृतले बताए । जम्मा हुन आएका उक्त रकमको समेत स्रोत खोजिने उनले जनाए ।

Post a Comment

0 Comments