Subscribe Us

कूटनीतिक अभ्यासविपरित बोलिन् राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेबी भण्डारीले कूटनीतिक अभ्यासविपरित आफ्नो आसन्न भारत भ्रमणबारे सार्वजनिक अभिव्यक्ति दिएकी छिन् । सरकारले औपचारिक घोषणा गर्नु अगाबै राष्ट्रपति भण्डारीले बैशाख २७ गतेबाट हुने आफ्नो भारत भ्रमणबारे सर्वाजनिक गरेकी हुन् ।
Bidhya-Bhandari
शीतल निवासमा बुधवार केही पत्रकारमाझ उनले आफ्नो भ्रमण नेपाल भारतबीचको आपसी सम्बन्ध सुदृढ गर्न र असमझदारी हटाउन केन्द्रीत हुने बताइन् । त्यतिमात्र होइन, भ्रमणले दुई देशबीचको सदभाव बढाउने दाबी समेत गरिन् ।
‘मेरो भ्रमणको उदेश्य नेपाल र भारतबीचको सम्बन्ध सुदृढ बनाउनु र असझदारी हटाउनु हो,’उनले भनिन्,‘यही उदेश्यअनुसार भ्रमण तयारी भइरहेको छ। भ्रमणको औपचारिक निर्णय र घोषणा हुन भने बाँकी छ ।’
राष्ट्रप्रमुखले गर्ने विदेश भ्रमणको सम्बन्धित देशका सरकारले औपचारिक घोषणा गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । यस्तो भ्रमणको दुवै देशले आपसी समझदारीमा मिति तय गरेपछि त्यसलाई मन्त्रिपरिषदले स्वीकृत गर्नु पर्ने हुन्छ । नागरिक दैनिकमा खबर छ ।

Post a Comment

0 Comments