Subscribe Us

भरुवा बन्दुक र नौ थान गोली सहित यम बहादुर पक्राउ

भीमदत्तनगर, ३० वैशाख । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ धौलागिरि टोलमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार एक थान भरुवा बन्दुक र त्यसमा लाग्ने नौ थान गोलीसहित ४३ वर्षीय यमबहादुर शाही पक्राउ परेका हुन् । 

प्रहरी नायब उपरीक्षक केदार खनालले हतियारसहित हिँडिरहेका शाहीलाई त्रिभुवनबस्ती इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको बताए । 

केही दिनअघि सो क्षेत्रमा चोरी सिकारी भइरहेको प्रहरीमा जानकारी आएपछि त्यसको खोजीमा प्रहरी परिचालन भएको थियो । 

Post a Comment

0 Comments