Subscribe Us

मन्त्रीको क्लवमा भतिजाले खुकुरी हानेपछि

काठमाण्डौ । मनाङ मस्र्यादी फुटवल क्लवका पुर्व अध्यक्ष जिम्मी गुरुङका छोरा शुसिल गुरुङ प्रक्राउ परेका छन । 

ठमेलमा रहेको ओएमजी डिस्कोका बाउन्सरलाई दुई महिनाअघि खुकुरी प्रहार गरी फरार रहेका शुसिललाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेले पक्राउ गरेको हो ।

ठमेलमा रहेको ओएमजी डिस्कोमा दुई महिनाअघि शुक्रवारको दिन अध्यक्ष जिम्मी गुरुङका छोरा शुसिलले  निशुल्क प्रवेश गर्न खोज्दा वारका वाउन्सर अर्जुन घलेले रोकेपछि गुरुङले उनिमाथी हातपात गर्दै खुकुरी प्रहार गरेका थिए । 

ओएमजी वारमा पुर्वमन्त्री टेकबहादुर गुरुङका छोरा कर्मा गुरुङको लगानी रहेको छ । मनाङ मस्र्यादी फुटवल क्लवका पुर्व अध्यक्ष जिम्मी र पुर्वमन्त्री गुरुङ सहोदर दाजु भाई समेत हुन । बाउन्सर घले खुकुरी प्रहारपछि हाल अपाङगजस्तै बनेका छन् । सोह्रखुट्टे प्रहरी प्रमुख डिएसपी राठोरका अनुसार गुरुङसंगै विजय घले,छिरिङ टासी र तेन्जिङ गुरुङ प्रक्राउ परेका छन् । उनिहरुमाथी यसअघि नै ज्यान मुद्दा दर्ता भइसकेको छ ।

फरार अभियुक्तहरु सिसी टिभि फुटेजको प्रमाणका आधारमा प्रक्राउ गर्न प्रहरी सफल भएको डिएसपी राठोरले बताए । पक्राउ परेकालाई ज्यान मार्ने उद्योग मुद्दामा कार्वाही प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ । सोह्रखुट्टे वृत्तमा  डिएसपी राठोर सरुवा भएर आएदेखी नै ठमेलमा अपराध नियन्त्रण गर्नुका साथै गुण्डागर्दी नियन्त्रणकोे अन्त्यको अभियान नै चलाएका छन् ।

Post a Comment

0 Comments