Subscribe Us

राजबहादुर संस्कारमा रोयलका सिंह,
न्यायधिसको नाम बेच्दै मुर्गा खोज्दै

काठमाडौं । क्यासिनोका कारण पवू राजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंह विवादित भए । उनीमाथि श्रम शोषणदेखि राज्यको कर नतिरेको भन्दा पनि क्यासिनो देखाएर ठगी गरेको गम्भीर आरोप लाग्यो । क्यासिनो बेच्ने भन्दै बैना लिएर आधा दर्जनभन्दा बढीसँग करोडौं रूपैयाँ ठगी गरेको आरोप सिंहमाथि छ । 
होटलको भाडा विवाद  हुँदा सिंहले सञ्चालन गरेको क्यासिनो रोयल बन्द भयो । सोही बन्द क्यासिनो दश करोड क्यास र क्यासिनोको सबै बक्यौता तिर्ने गरी क्यासिनो सकारेका अर्का राजस्व मारा सुरेन्द्र सिंहले अहिले त्यही सिको अपनाएका छन् । दश करोडमा क्यासिनो डिल गरे तापनि राजबहादुरलाई एक करोड ६० लाख मात्र बुझाएका सिंहले क्यासिनोको सेयर बिक्री गर्ने नाममा कराडांै रूपयौं असलुी सकको छन् । 

रोयल क्यासिनोको मालिक बन्ने रहरमा सिंहसँग पार्टनरसीप गर्न पुगेका भिम रोक्का र भारतीय नागरिक सण्ेटीको यतिखरे बिजोग भएको छ । एक रूपयांै पनि पैसा लगानी नगरी सिंह यतिखेर रोयल क्यासिनोको हर्ताकर्ता मालिक बनेका छन् । उता कराडांै रूपयांै लगानी गर्ने राक्ेका र सेण्टीको यतिखरे चिल्ली बिल्ली भएको छ । क्यासिनोमा रोक्काले पाँच करोड र सेण्टीले दुई करोड लगानी गरेका थिए । 

क्यासिनोको हर हिसाब देखि सबै क्षेत्रमा सिंहले एकलौटी गर्न थालेपछि पार्टनरबीच विवाद आएको हो । सँधै क्यासिनो घाटामा देखाएर सिहंले मासिक कराडौं रूपैंया कम्ुल्याउने गरको क्यासिनो स्रोत बताउँछ । रोक्का र सेण्टिलाई शेयर दिने बहानामा करोडौ रूपैंयाँ  ठगी गर्न सफल सिहं अहिले नयाँ मुर्गा फसाँउने योजनामा रहेका छन् । सो योजना मुताबिक सिंहले भारतीय मूलका व्यापारीलाई आफ्नो पासोमा पार्न खोजेको स्रोतको दाबी छ । बन्द क्यासिनो सुचारु भएपछि भारत पुगेका सिंहले केही भारतीय व्यापारीलाई अब रोयल क्यासिनो कहिले बन्द नहुने भन्दै लगानी गर्ने अनुरोध गर्न थालेका छन् । 
प्रधानमन्त्री केपी ओली भारत भ्रमण गएकै दिन भारत पुगेका सिंहले प्रधानमन्त्री ओलीको समेत नाम बेच्दै दिल्लीको हायात होटलमा भारतीय व्यापारीसंग रोयलमा लगानी गर्ने अनुरोध गरेका थिए । प्रधानमन्त्री ओली र सर्बोच्चका न्यायधिशसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै सिंहले ति व्यापारीलाई क्यासिनो रोयलमा लगानी गर्ने उस्काएको स्रोतको दाबी छ । बन्द भएको रोयल क्यासिनो सञ्चालन गर्न आफूले सर्वोच्चका तत्कालिन प्रधान न्यायधिश कल्याण श्रेष्ठ र कामु प्रधान न्यायधिस शुशिला कार्कीलाई दुई करोड रूपैंया दिएको गम्भिर आरोप समेत लगाउन भ्याए ।

न्यायधिशलाई पैसा दिईसकेको हुँदा आफ्नो क्यासिनो कहिलेपनि बन्द नहुने जिकिर सिंहले व्यापारी सामु लिएका थिए । ह्यापी होमको नामबाट आधा दर्जन मिनी क्यासिनो सञ्चालन गर्दै आएका सिंह एक दशक अगाडी क्यासिनो एभरेष्टका समान्य कर्मचारी थिए । ह्यापी होमको नाममा मिनी क्यासिनो सञ्चालन गरेका सिंहले सबै क्यासिनोबाट ५० करोड भन्दा बढी राजश्व चुक्ता गर्न बाँकी रहेको खबर जनप्रहार साप्ताहिकमा छ ।

Post a Comment

0 Comments