Subscribe Us

व्यापारी सुरेश केडिया अपहरण मुक्त

काठमाडौं, १६ जेठ । बिहीबार अपहरणमा परेका उद्योगी सुरेश केडियालाई नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले बिहारको मोतिहारीबाट अपहरण मुक्त गरेको छ ।

व्यापारिक कामले बाराको वरियारपुर गएका खाद्य उद्योगका सञ्चालक तथा केडिया अर्गनाइजेशनका सदस्य सुरेश पसाहा पुल नजिकबाट अपहरणमा परेका थिए ।

व्यापारिक कामले बाराको वरियारपुर गएका खाद्य उद्योगका सञ्चालक तथा केडिया अर्गनाइजेशनका सदस्य सुरेश साँझ फर्किने क्रममा पसाहा पुल नजिकबाट बिहीबार साँझ अपहरणमा परेका हुन् । उनी सवार बा १० च ७२४० नम्बरको गाडी रोकेर चालक श्याम उनेश कानुमाथि गोली प्रहार गरेका थिए ।

स्रोतका अनुसार उनको अपहरणमा संलग्न एकजनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ भने दुईजना फरार भएका छन् । उनलाई अपरहण मुक्त गरिएपनि कसरी अपहरण मुक्त गरियो भन्ने बारे कुरा कुरा सार्वजनिक गरिएको छैन । 

Post a Comment

0 Comments