Subscribe Us

अख्तियारद्वारा ल्ह्यारक्यालमाथि साढे ९ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौ, ३० वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाओवादीका निलम्बित सांसद ल्ह्यारक्याल लामा विरुद्ध मुद्वा दायर गरेको छ ।

 लामाले भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ । उनीमाथि नौ करोड ४४ लाख ७२ हजार एक सय ७९ रुपैयाँ ४७ भ्रष्टाचारको अभियोग लगाइएको छ । 

भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५,दफा १६ (ग) तथा दफा २९ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ दफा २० को उपदफा (२) अनुसारको जरिवाना र कैद सजाय हुने छ । 

लामा हाल व्यवस्थापिका संसदको सदस्य रहेकोले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १४ (क) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन एवं भ्रष्टाचार गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १६ (ग), दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गरी पाउन मागदाबी लिई विशेष अदालतमा मुद्वा दायर गरिएको आयोगले जनाएको छ ।

Post a Comment

0 Comments