Subscribe Us

वीर अस्पताल वरिपरीका चार वटा फार्मेसीमा छापाः वैद्य पसलमा अवैध औषधीको बिगबिगी

काठमाडौं, २९ वैशाख । नेपाल प्रहरीको लागू औषध ब्यूरो तथा औषधी व्यवस्था विभागबाट खटिएको संयूक्त टोलीले  विर अस्पताल वरीपरी रहेको चार वटा फार्मेसीहरु पसलहरुमा छापा मारेको छ । 

डाइजपाम, लोराजीपाम, कोडाईन,  क्लोनाजिपाम, मरफुमसलफट, अल्परोजलम नामक औषघी नियन्त्रणमा लिएको हो । पसलले नियन्त्रित लागू औषधको लगत नराखी विपरित बिक्रि वितरण गरेको पाईएको छ । नियम विपरीत लागु औषध बिक्रिवितरण गर्ने फार्मेसीका संचालकहरुलाई कारबाही अघि बढाएको छ । 

प्रहरी र विभागले आयुष फर्मा महाबौद्ध बाट Morphium Sulphat 152 Bottels, Pethidine 91, Fentanly Citrate 50 Vials, Morphium Sulphat 78, Clonazepam 1639 tabs,Alprazolam 302 tabs , Diazepam tabs, Clonazrpam 1984 tabs, Lorazepam 345 tabs, Phenobarbitone 650, Alprazolam 554 tabs, Codeine phosphate 123 tabs, Chlordiazepoxide 213, Codeine phosphate 173,chlordiazepoxide 115, clobazam 600 tabs, zolpidem 90 tabs, Clobazam 318 tabs नियन्त्रणमा लिएको छ । 

यस्तै संतोष फर्मा महाबौद्ध बाट नियन्त्रित लागू औषध  Codeine phosphate 270 tabs, Clobazepam 620 tabs, Codeine phosphate 220 tabs, Alprazolam 1364 tabs, Lorazepam 183 tabs, Diazepam 586 tabs, Clonazepam 1234 tabs, Diazepam 586 tabs, लिएको छ भने सत्यम फर्मा महाबौद्ध बाट नियन्त्रित लागू औषध Codotab 206 tabs नियन्त्रणमा लिएको छ । 

यस्तै आरफ फार्मेसी महाबौद्ध बाट नियन्त्रित लागू औषध Fentanly citrate 24 vials, Morphium Sulphat 257 Vials , Phetidine 1  vials, Alprazolam 958 tabs, Clonazepam 145 tabs, Lorazepam 1069 tabs, Phenobarbitone 235, Clonazepam 837 tabs, Codeine Phosphate 210 tabs, Chlordizepoxide 556 tabs, Phenobarbitone 300 tabs, Diazepam 138 tabs.  नियन्त्रणमा लिएको हो । पसलका सञ्चालकलाई प्रहरी र विभागले आवश्यक कारबाही सुरु गरेको जानकारी गराएको छ । 

Post a Comment

0 Comments