Subscribe Us

मेडिकल कलेजका सञ्चालक नै ठगी धन्दामा

जनकपुर । जनकपुरस्थित जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रकाश पाण्डेसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाण्डेसहित कलेजका सेयर होल्डर समीर ढुङ्गेल र कामेश्वर साहलाई  प्रहरीले नियन्त्रणमा लिएको हो । 

धनुषा प्रहरीले तीनैजनालाई ठगी मुद्दामा नियन्त्रणमा लिएको जनाइएको छ । ठगी मुद्दामा उजुरी परेका तीनैजना जिल्ला प्रहरी कार्यालयमा हाजिर भएपछि नियन्त्रणमा लिइएको धनुषाका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।

प्रहरीले तीनैजनालाई शुक्रवार जिल्ला अदालत धनुषाबाट सात दिनको म्याद लिई अनुसन्धान सुरु गरेको छ ।
कलेजमा अध्ययनरत विद्यार्थीसँग ठगी गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालकविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा २०७१ मा उजुरी परेको थियो ।

 अध्ययनरत विद्यार्थीको चार करोड रकम ठगी गरेको आरोप उनिहरुमाथी लागेको छ । लामो समयसम्म पठनपाठन अवरुद्ध भएपछि विद्यार्थीले भर्ना शुल्क फिर्ताको माग राख्दै ठगी आरोपमा उजुरी दर्ता गराएका थिए । उजुरी दर्ता भएपछि फरार रहेका उनीहरु प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका थिए । रासस

Post a Comment

0 Comments