Subscribe Us

झलनाथ, माधव र वामदेवको समर्थनमा बजेटपछि प्रचण्ड प्रधानमन्त्री!

काठमाडौं । बजेटपछि सरकारको नेतृत्व हस्तान्तरण गर्ने ‘भद्र सहमति’ अनुरुप सत्तारुढ घटक नेकपा माओवादी केन्द्र वर्तमान केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार बदल्ने तयारीमा जुटेको छ ।

१९ वैशाखमा नेकपा एमाले र पुरानो एमाओवादी हालका नेकपा माओवादी केन्द्रबीच सत्ता टिकाउन ९ बुँदे सहमति भएको थियो। सो ९ बुँदेमा उल्लेख नभएको तर मुख्य बुँदाका रुपमा एमाले–माओवादीका शीर्ष नेताबीच बजेटपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो ।
सोही सहमति अनुरुप एमाले र माओवादी भित्रैका शीर्ष नेताले सरकार बदल्ने तयारीमा जुट्न नेतृत्वलाई दबाब दिएका छन् । शीर्ष नेताको दबाबकै कारण प्रचण्डले एमाले उपाध्यक्ष वामदेव गौतमलाई सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन् ।
स्रोतका अनुसार वामदेवलाई प्रधानमन्त्री ओलीलाई विगतको सहमति अनुसार अघि बढ्न दबाब दिएका छन् । यता पार्टीका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले पनि प्रचण्डलाई प्रधानमन्त्रीका लागि समर्थन गरेका छन् । कमाण्डर पोष्ट दैनिकमा बुद्ध लोप्चनले खबर लेखेका छन् ।

Post a Comment

0 Comments