Subscribe Us

ठमेलाबट नक्कली पेस्तोल सहित तीन पक्राउ

काठमाडौँ, २६ बैशाख । महानगरीय प्रहरी बृत लैनचौरबाट खटिएको प्रहरी टोलीले प्लाष्टिकको नक्कली पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा ललितपुर उपमहानगरपालिका–१४ पाटन बस्ने २४ बर्षीय राजिव श्रेष्ठ, काठमाडौँ महानगरपालिका–२९ ठमेल बस्ने २२ बर्षीय उदेव मनिस खाँन र गल्कोपाखा बस्ने २१ बर्षीय आयुष श्रेष्ठ रहेका छन् । 

उनीहरुलाई प्रहरीले काठमाडौँ महानगरपालिका–१६ कुमारी क्लब चोकबाट १ थान प्लाष्टिकको पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Post a Comment

0 Comments