Subscribe Us

आईजीपी दुर्जलाई राईकै चिन्ता,
तिन बर्षदेखी लाईनमा बसेकालाई पाखा लगाउँदै राईद्धयलाई मेरिट मिचेर मिसन

काठमाडौं । जहाँ पनि नातावाद हावी हुनु नेपालको राजनीति, प्रशासन यन्त्रदेखि प्रहरीसम्मको रोग बनिसकेको छ । अहिले सशस्त्र प्रहरी बलमा पनि त्यस्तै भएको छ । भर्खरै मन्त्रिपरिषदबाट कायममुकायम आइजिपीबाट पूर्ण जिम्मेवारी पाएका दुर्जकुमार राईले यस्तै हर्कत देखाए । 
अघिल्ला आइजिपी कोषराज वन्तलाई मात खुवाउँदै राईले आफू निकट दुई प्रहरी अधिकृतलाई युएन मिसनका लागि साउथ सुुडान पठाए । 
२०१४ मा नै भाषा परीक्षा पास गरेर लाइनमा बसेकालाई पाखा लगाउँदै राईले ४ महिना पहिला जोर्डन जाँदा भाषा परीक्षा दिएका डिएसपी कवीन्द्र राई र इन्सपेक्टर प्रदीप राईलाई मेरिट मिचेर विदेश पठाएको समाचार जनप्रहार साप्ताहिकले आज छापेको छ ।
 हुन् । 
तालिमका लागि जोर्डन जादा राईद्वयले भाषा परिक्षा पास गरेका थिए । जवकि नियमअनुसार यो गर्न नमिल्ने उच्च प्रहरी स्रोत बताउँछ ।   सशस्त्रमा एक चोटी होईन दुई चोटी भाषा परिक्षा पास गरेकाहरू अहिले पालो कुरेर बसेका छन् ।
 तर आइजी राईका दुई आफन्त भने साउथ सुडान पुगिसकेका छन् । नाटक गर्न निकै सिपालु, जातिवादी प्रवृति र चाकडीमा अव्वल राईलाई क्षमता नभएको र एमालेसँग बढी निकट सम्बन्ध देखाएको भन्दै गृहमन्त्री शक्ति बस्नेतले उनलाई कन्फर्म गर्न केही ढिलाई गरेका थिए । कामु आईजिमा बढुवा भएपछि प्रधानमन्त्री बाहेक अरुको भनाई नसुन्ने भएका राई निकै अवसरवादी भएको उनलाई जान्ने सुन्नेहरू बताउँछन् । ३४ हजार शसस्त्र प्रहरी रहेको संगठनमा कसैलाई विभेद नगर्ने भाषणवाजी गर्दै आएका राईले भित्र भित्रै आफ्नो बल देखाएरै छाडे । 
सशस्त्रको हालै मात्र लाइवेरिया मिसन बन्द भएको छ भने अव साउथ सुडानमा दुई वटा मात्र एफपियु बाँकि रहेका छन् । मिसनमा जान उच्च अधिकृतहरूको लाइन लागेको छ । कोही दुई–दुुई पटक भाषा परिक्षा (स्याट) पास गरेर बसेका छन् । तिनिहरू मिसनमा जान पाएका छैनन् । कोही भने सशस्त्रबाट जोर्डन अर्कै कोर्समा जान भाषा परिक्षा पास गरेका, मेरिटमा पछि रहेका पहुचवालाहरू भने सवैलाई दङग पार्दै मिसनमा साउथ सुडान पुगिसकेका छन् ।
 सशस्त्र प्रहरीमा यसअघिका आईजिपी कोषराज वन्तले छानिछानि प्राविधिक पोस्ने काम गरे । आफन्तलाई सधै कमाउने ठाउमा मात्र पोष्टिङ गराए । आर्थिक रूपमा अपारदर्शी भएकै कारण अहिले उनी निलम्बनमा परेर अख्तियार धाइरहेका छन् । भर्खरै आईजिपी भएका राई पनि अहिले आफन्त पोस्ने काममा व्यस्त छन् । शसस्त्रका उच्च अधिकारीहरू अहिले जुन जोगी आएपनि कानै चिरेको भन्ने चरितार्थ भएको भन्न थालेका छन् ।

Post a Comment

0 Comments