Subscribe Us

एकसाताभित्र माओवादी एकता, अब एमाओवादी पार्टी नरहने !

१ जेठ, काठमाडौं ।
माओवादीका चार समूहले मोहन वैद्यविनै जेठ पहिलो साता पार्टी एकता गर्ने भएका छन् । प्रचण्ड नेतृत्वको एमाओवादीसाग एकता गर्न नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा बादलको नेतृत्वमा बहुमत सदस्य, मातृका यादवको नेकपा माओवादी, मणि थापाको क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेत्रविक्रम चन्दको नेकपा माओवादीका केही केन्द्रीय नेताहरूबीच सहमति भएको छ ।
146314
पार्टीको नाम फेर्न सबै सहमत
नेताहरूले एकतापछि पार्टीको नाम फेर्न सकिने विषयमा छलफल भइरहेको जनाएका छन् । तर, नाम के राख्ने भन्ने विषयमा छलफल अझै जारी छ ।
एकीकृत नेकपा माओवादी नै नाम राख्ने, युद्धकालकै नाम नेकपा (माओवादी) राख्ने अथवा नेपाल कम्युनिस्ट पार्टी मात्रै राख्ने विकल्पमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।
नेकपा (माओवादी) संयोजक मातृका यादवले नाम पुरानै राख्न नेताहरूको बैठकमा लिखित प्रस्ताव नै राखेका छन् । प्रचण्डले पनि नामका विषयमा आफू लचक हुन तयार रहेको बताएका छन् ।
महाधिवेशन गर्न ४९९ सदस्यीय आयोजक समिति
माओवादी समूहहरू मिलेर एकताको राष्ट्रिय महाधिवेशनमा जाादै छन् । त्यसैले अहिले ४९९ सदस्य रहेको महाधिवेशन आयोजक समिति बन्ने भएको छ ।
यो समितिमा एकीकृत माओवादीका तीन सय र बादल नेतृत्वको माओवादीका १६१ जना सदस्य रहनेछन् । बााकी ३८ जना मातृका यादव, मणि थापा र विप्लव समूहका केही सदस्य पर्नेछन् । त्यस्तै, लामो समयदेखि निष्क्रिय रहेका जयपुरी घर्ती र कुमार दाहाल पनि आयोजक समितिमा रहनेछन् ।
७५ सदस्यीय पोलिटब्युरो
एकतासँगै बन्ने पोलिटब्युरोमा ७५ जना सदस्य राख्ने समझदारी बनेको छ । यसमा एमाओवादीका ३७ जना र बादलका १७ जनाबाहेक मातृका यादव, मणि थापा, जयपुरी घर्तीलगायत समेटिनेछन् ।
त्यस्तै, महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेखन समितिमा प्रचण्ड, प्रकाश, बादल र देव गुरुङ रहनेछन् । संगठनात्मक प्रतिवेदनको जिम्मा भने कृष्णबहादुर महरा, वर्षमान पुन अनन्त, हितमान शाक्य र कुलप्रसाद केसीले पाउने भएका छन् ।
एउटै मञ्चमा प्रचण्ड-वैद्य
एकताको तयारी गरिरहेका एमाओवादी अध्यक्ष प्रचण्ड र एकताप्रति अनिच्छुक क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्य शुक्रबार एउटै मञ्चमा थिए । ‘बृहत् शान्तिसम्झौता र युद्धकालीन मुद्दाहरू’ विषयक पााचदलीय संयुक्त समितिले आयोजना गरेको कार्यक्रममा मातृका, मणिलगायतका नेता पनि थिए ।
सो अवसरमा प्रचण्डले भने,
कमरेड म आजै घोषणा गरिदिन्छु, तपाई (किरण)ले मान्नुहुन्छ भने आजकै मितिबाट म सरकार छोडिदिन्छु । सरकार छोड्न हामीलाई कुनै आइतबार छैन, अस्ति छोडी पनि सकिएको थियो । किरणजीको मुद्दा विचारकै मुद्दा हो । उहाँले भनेको राजनीतिक मुद्दा नै हो । साँच्चै किरणजीलाई माओवादी एकता जरुरी छ भन्ने लागेको छ र प्रचण्ड सरकारमा भएको हुनाले बाधक हो भन्ने लागेको हो भने म यही मञ्चबाट घोषणा गरिदिन्छु– सरकार छोडिन्छ । तर, माओवादी एक हुन जरुरी छ ।
यस्तै वैद्यले भने,
हामी एकताबद्ध हुने प्रक्रियामा छौँ, तर यस क्रममा हाम्रा कमजोरी र कसरी अगाडि बढ्ने भन्नेमा गम्भीर समीक्षा गर्न जरुरी छ । किन फुट्छन् र किन जुट्छन् भन्ने कुरा विचारमा हो । हामीले कोसिस गरिरहेका छौँ, विचार मिलाउन ।
सबै माओवादीलाई एकताबद्ध बनाउन समय लाग्ला । तर, जनयुद्धकालका मुद्दा–मामिला माओवादीमाथि थोपार्न खोज्छन् भने हामी फेरि कार्यगत एकतामै भए पनि एकढिक्का भएर अगाडि बढ्छौँ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Post a Comment

0 Comments