Subscribe Us

एसएसपी चन्दलाई ९ महिना कैद

काठमाडौं । जग्गा खरिद गर्दा भ्रष्टाचार गरेक ठहर गरी तत्कालिन अञ्चल प्रहरी कार्यालय, बागमतीका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी प्रेमबहादुर चन्दलाई विशेष अदालतले ९ महिना कैद हुने फैसला सुनाएको खबर आजको नेपाल समाचार पत्रमा विकास भट्टराईले लेखेका छन्।

विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यहरू प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले एसएसपी चन्दलाई नौ महिना कैद हुने गरी फैसला सुनाएको सो अदालतका उपरजिस्ट्रिर लेखनाथ भट्टराईले बताए।

विशेष अदालतले खरिद गरिएका भनिएका जग्गाधनिहरू रामकुमार भालु, रामेश्वर कायस्थ र सुनिल राजवंशीलाई जनही ३ महिना कैद हुने ठहर गरेको छ।

जग्गा खरिद गर्दा भ्रष्टाचार भएको दाबी गरी अख्तियारले २०७० पुस ७ गते एसएसपी चन्दसहित ३ जना जग्गाधनीहरूलाई प्रतिवादी बनाइ विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

Post a Comment

0 Comments