Subscribe Us

भूकम्पपीडितलाई तीन वर्षभित्र छानोमूनि ल्याउने

काठमाडौं। भूकम्पले सबैभन्दा बढी भौतिक र मानवीय क्षति पुगेको सिन्धपाल्चोकमा आगामी तीन वर्षभित्र पीडितलाई छानामुनि ल्याउन जिल्लाका सराकारवालाल प्रतिबद्धता जनाएका छन ।
Nepal earthquake
मन्त्री, सभासद, जिल्लाका राजनीतिक दल तथा राष्ट्रिय अन्तर्राष्ट्रिय संघ–संस्थाको दुई दिनसम्म चौतारामा जारी कायक्रमपछि सरोकारवाला निकायले यस्ता प्रतिबद्धता व्यक्त गरेका हुन् ।

भूकम्पपश्चात गररेका कामको समीक्षा र भावी योजना तथा कार्यक्रमसम्बन्धी कार्यशाला गोष्ठीको समापन समाराहमा सरोकारवाला निकायले यस्ता प्रतिबद्धता जारी गरेका हुन् ।

वन तथा भसूरक्षण मन्त्री अग्नी प्रसाद सापकोटाको सहभागितामा भएको दुई दिने अन्तक्रिया कार्यक्रममा तीन वषभित्र जिल्लाका सबै पीडितलाई छानामुनि ल्याउने गरी पुनर्निर्माण अभियान तीव्र रूपमा सञ्चालन गरिने सबलै प्रतिबद्धता जनाएका छन् । राजधानी दैनिकमा खबर छ ।

Post a Comment

0 Comments